DOHA, QATAR - NOVEMBER 21: Bukayo Saka of England celebrates after scoring their team's second goal during the FIFA World Cup Qatar 2022 Group B match between England and IR Iran at Khalifa International Stadium on November 21, 2022 in Doha, Qatar. (Photo by Laurence Griffiths/Getty Images)

भक्तपुर । फिफा विश्वकप अन्तर्गत समूह ‘बी’ को खेलमा इंग्ल्याण्डले इरानमाथि एकपक्षिय फराकिलो जित हात पारेको छ ।

सोमवार खलिफा रंगशालामा भएको खेलमा बलियो इंग्लिस टोलीले एसियाली राष्ट्र इरानमाथि ६–२ को फराकिलो जित निकालेको हो ।

थ्री लायन्सका रुपमा समेत परिचित इंग्ल्याण्डको जितमा बुकायो साकाले २ गोल गर्दा जुडे बलिङघम, रहिम स्टर्लिङ, मार्कुस रासफोर्ड र ज्याक गीर्लिसले एक एक गोल गरे । पराजित टोलीका लागि मेडी तारेमीले दुई गोल फर्काए ।

पहिलो हाफमा अतिरिक्त १५ मिनेट थप गरिएको खेलमा दोस्रो हाफमा समेत १० मिनेटको अतिरिक्त समय थपिएको थियो । इंग्लिस टोलीले पहिलो हाफ ३ गोल गर्दा दोस्रो हाफमा २ गोल थपेको थियो ।

जितसंगै इंग्ल्याण्डले समूह ‘बी’ मा तीन अंक जोडेको छ । इंग्ल्याण्डले प्रतियोगिताअन्तर्गत दोस्रो खेल मंसिर ९ गते शुक्रवार संयुक्त राज्य अमेरिकासंग खेल्नेछ । त्यस्तै, पराजित इरानले सोहि दिन वेल्ससंग प्रतिस्पर्धा गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.