एजेन्सी । इन्टर मिलानमाथि पुनरागमन जित निकाल्दै बोलोग्ना कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधवार राति भएको प्रि–क्वाटरफाइनल खेलमा बलियो इन्टर मिलानमाथि पुनरागमन २–१ को जित निकाल्दै बोलोग्ना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मिलानस्थित गिउसिप्पे मियाजा रंगशालामा भएको खेलमा बोलोग्नाका लागि साम बेउकेमा र डान एनडोएले गोल गर्दा पराजित टोलीका लागि कार्लोस अगुस्टोले इन्टरका लागि एक गोल गरे ।

खेलको ६५ औं मिनेटमा इन्टरले पाएतापनि त्यसमा लाउटारो मार्टिनेज चुक्दा अग्रता लिने सुनौलो अवसर गुमायो ।

त्यसपछि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेट लम्बियो ।

खेलको ९२ औं मिनेटमा फेड्रिको डिमार्कोको पासमा कार्लोस अगुस्टोको गोलमार्फत् इन्टरले १–० को अग्रता लियो ।

तर, ११२ औं मिनेटमा जोशुआ जिर्क्जीको पासमा साम बेउकेमाले बोलोग्नाका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि ११६ औं मिनेटमा जोशुआ जिर्क्जीकै पासमा डान एनडोएले गोल थप्दा खेल बोलोग्नाले २–१ ले जित्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.