एजेन्सी । जर्मनीमा जारी युरो कपअन्तर्गत अन्तिम १६ को पहिलो खेलमा साविक विजेता इटालीलाई स्तब्ध पार्दै स्विजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सनिवार राति भएको खेलमा साविक विजेता इटालीलाई २–० ले स्तब्ध पार्दै स्विजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पराजयसंगै इटाली भने प्रतियोगिताबाट बाहिरिएको छ ।

बर्लिनस्थित ओलम्पियास्टाडिअन बर्लिन रंगशालामा भएको खेलमा स्विजरल्याण्डलाई ऐतिहासिक जित दिलाउन रेमो फ्रुर्युलेर र रुवेन भार्गासले गोल गरे ।

पहिलो हाफको ३७ औं मिनेटमा भार्गासको पासमा फ्रुर्यलेरले गोल गर्दै स्विजरल्याण्डलाई सनसनी सुरुवाती अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको सुरुवाततिरै ४६ औं मिनेटमा मिचेल एबिस्चेरको पासमा भार्गासले गोल थप्दै स्विज टोलीलाई २–० ले अघि बढायो ।

दुई गोलले पछि परेको इटालीले खेलमा फर्किन कोशिस जारी राखेतापनि गोल फर्काउन नसकेपछि खेल स्विजरल्याण्डले जित्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.