एजेन्सी । इंग्लिस महारथी म्यानचेस्टर सिटीले इएफएल कपअन्तर्गत खेलमा वाटफोर्डमाथि जित हासिल गरेको छ ।
मंगलवार राति भएको तेस्रो चरणको खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले च्याम्पियनसिप क्लब वाटफोर्डमाथि २–१ को जित हासिल गरेको हो ।
सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन जेरेमी डोकु र म्याथिस नुनेसले गोल गरे ।
पराजित टोलीका लागि भने टम इन्सले एक गोल फर्काए ।
खेल सुरु भएको पाँचौं मिनेटमा ज्याक गिर्लिसको पासमा डोकुले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।
त्यसपछि ३८ औं मिनेटमा रिको लिविसको पासमा नुनृसले गोल थप्दा सिटी २–० ले अघि बढ्यो ।
यता, खेलको अन्त्यतिर ८६ औं मिनेटमा टमले वाटफोर्डका लागि गोल फर्कउँदा खेल २–१ ले सकियो ।
जितसंगै सिटी प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरेको छ ।