एजेन्सी । इंग्लिस घरेलु फुटबलको नकआउट प्रतियोगिता इएफएल कपको तेस्रो चरणअन्तर्गत खेलमा म्यानचेस्टर युनाइटेडले एकपक्षिय फराकिलो जित रचेको छ ।

मंगलवार राति भएको खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले लिग वान क्लब बर्नस्लेमाथि ७–० को एकपक्षिय फराकिलो जित रचेको हो ।

युनाइटेडको घरेलु मैदान ओल्डट्राफेड रंगशालामा भएको खेलमा घरेलु टोलीलाई लिग कप इतिहासमै फराकिलो अन्तरको जित दिलाउन मार्कुस रासफोर्ड, आलेहान्ड्रो ग्रानाचो र क्रिस्टियन इरेक्सनले समान दुई–दुई गोल गर्दा एन्टोनी सान्तोषले एक गोल गरे ।

खेल सुरु भएको १६ औं मिनेटमा ग्रानाचोको पासमा रासफोर्डले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि ३५ औं मिनेटमा प्राप्त पेनाल्टीमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–० ले अघि बढायो ।

यता, पहिलो हाफाको इन्जुरी समयको दोस्रो मिनेटमा रासफोर्डको पासमा ग्रानाचोले गोल गर्दा युनाइटेड पहिलो हाफसम्म ३–० ले अघि बढ्यो ।

दोस्रो हाफको ४९ औं मिनेटमा इरेक्सनको पासमा ग्रनाचोले गोल थप्दा रेड डेभिल्सका रुपमा समेत चिनिने युनाइटेड ४–० ले अघि बढ्यो ।

त्यस्तै, ५८ औं मिनेटमा ग्रानाचोकै पासमा रासफोर्डले गोल थप्दा युनाइटेड ५–० ले अघि बढ्यो ।

यता, ८१ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान छिरेका ब्रुनो फर्नान्डेजको पासमा इरेक्सनले गोल गर्दा प्रिमियर लिग क्लब ६–० ले अघि बढ्यो ।

खेलको अन्त्यतिर ८५ औं मिनेटमा फर्नान्डेजकै असिस्टमा इरेक्सनले गोल थप्दा युनाइटेड ७–० ले विजयी भयो ।

एकपक्षिय फराकिलो जितसंगै युनाइटेड काराबाओ कपका रुपमा समेत चिनिने इएफएल कपको चौथौं चरणमा प्रवेश गरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.