एजेन्सी । लिभरपूलले इंग्लिस घरेलु प्रतियोगिता इएफएल कपअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा फुलहममाथि अग्रता लिएको छ ।
बुधवार राति भएको पहिलो लेग खेलमा प्रिमियर लिग प्रतिद्वन्दी फुलहममाथि २–१ को जित हासिल गरेसंगै लिभरपूलले सेमिफाइनलमा अग्रता लिएको हो ।
लिभरपूलको घरेलु मैदान एन्डफिल्ड रंगशालामा भएको खेलमा घरेलु टोलीले पुनरागमन जित रच्यो ।
खेलको १९ औं मिनेटमा एन्ड्रेस परेराको असिस्टमा विलियनले गोल गर्दै भ्रमणकारी टोली फुलहमलाीई सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ६८ औं मिनेटमा डार्विन नुनेजको पासमा कर्टिस जोन्सले गोल गर्दै घरेलु टोलीलाई १–१ को बराबरीमा ल्याए ।
त्यसको तीन मिनेटपछि नै नुनेजकै असिस्टमा कोडी गाक्पोले गोल थप्दा लिभरपूल २–१ ले विजयी भयो ।
अब सेमिफाइनलअन्तर्गत दोस्रो लेग खेल जनवरी २५ तारिखमा फुलहमको घरेलु मैदानमा खेलिनेछ ।