एजेन्सी । लिभरपूललाई इएफएल कपअन्तर्गत पहिलो लेग खेलमा टोटनहम हटस्परले हराएको छ ।
बुधवार राति भएको दोस्रो सेमिफाइनलअन्तर्गत पहिलो लेग खेलमा साविक विजेता लिभरपूललाई टोटनहम हटस्परले १–० ले हराएको हो ।
टोटनहमको घरेलु मैदान टोटनहम हटस्पर स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जिताउन लुकास बेर्गभलले गोल गरे ।
खेलको अन्त्यतिर ८६ औं मिनेटमा डोमिनिक सोलान्केको पासमा बेर्गभलले निर्णायक गोल गर्दा टोटनहम १–० ले विजयी भयो ।
महत्वपूर्ण जितसंगै टोटनहमले सेमिफाइनलअन्तर्गत दोस्रो लेग खेल अगाडी १–० को अग्रता लिएको छ ।
सेमिफाइनलअन्तर्गत दोस्रो लेग खेल फेब्रअरी ७ तारिखमा हुनेछ ।