एजेन्सी । इंग्लिस फुटबलको इएफएल कपको सेमिफाइनलअन्तर्गत पहिलो लेग खेलमा साउथह्याम्टनलाई पराजित गर्दै न्युक्यासल युनाइटेडले फाइनल प्रवेश सम्भावना बलियो बनाएको छ ।
मंगलवार राति भएको खेलमा घरेलु मैदानमा साउथह्याम्टनलाई न्युक्यासलले १–० ले पराजित गरेको हो ।
खेलको ७३ औं मिनेटमा जोइलिन्टनले एकमात्र निर्णायक गोल गर्दा भ्रमणकारी टोली न्युक्यासलले पहिलो लेग खेलमा १–० को अग्रता बनाएको हो ।
अब दोस्रो लेग खेल फेब्रअरी १ तारिखमा न्युक्यासलको मैदानमा हुनेछ ।