एजेन्सी । इएफएल कपअन्तर्गत सेमिफाइनलको पहिलो लेग खेलमा नटिङघम फोरेस्टमाथि म्यानचेस्टर युनाइटेडले सहज जित दर्ता गर्दै फाइनल नजिक पुगेको छ ।
बुधवार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले घरेलु टोलीसमेत रहेको नटिङघम फोरेस्टलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनल नजिक पुगेको हो ।
द सिटी ग्राउण्डमा भएको खेलमा युनाइटेडका लागि मार्कुस रासफोर्ड, वाउट वेगहस्र्ट र ब्रुनो फर्नान्डेजले गोल गरे ।
खेलको छैटौं मिनेटमा जारी सिजन फर्ममा रहेका रासफोर्डले एकल प्रयासमा गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
१–० ले पछि रहेको फोरेस्टले खेलको २४ औं मिनेटमा गोल गरे तापनि भिएआरले अफसाइड दिँदा गोल मान्यता भएन ।
पहिलो हाफको अन्त्यतिर ४५ औं मिनेटमा वेगहस्र्टले गोल गर्दा युनाइटेड २–० ले अघि रह्यो ।
दोस्रो हाफको ८९ औं मिनेटमा एन्टोनी इलिङ्गाको असिस्टमा फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई ३–० को जित दिलाए ।
कारावाओ कपका रुपमा समेत चिनिने इएफएल कपको सेमिफाइनल अन्तर्गत दोस्रो लेग खेल फेब्रअरी २ तारिखमा युनाइटेडको घरेलु मैदान ओल्डट्राफेडमा हुनेछ ।