भक्तपुर । इंग्लिस घरेलु फुटबलको नकआउट प्रतियोगिता इएफएल कपको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

काराबाओ कपका रुपमा समेत चिनिने प्रतियोगिताको अन्तिम १६ का खेलहरु बुधवार राति सम्पन्न भएसंगै अन्तिम ८ को समिकरण पूरा भएको हो ।

६५ औं संस्करणको प्रतियोगितामा साविक विजेता लिभरपूलसहित म्यानचेस्टर युनाइटेड, आर्सनल, टोटनहम हटस्पर, न्युक्यासल युनाइटेड, किस्टल प्यालेस, ब्रेन्टफोर्ड र साउथह्याम्टनले अन्तिम ८ मा स्थान सुरक्षित गर्यो ।

यता, इंग्लिस महारथी क्लब म्यानचेस्टर सिटीसहित साविक उपविजेता चेल्सी, एस्टन भिल्ला, ब्राइटन र लेस्टर सिटी भने अन्तिम १६ बाटै बाहिरिएका छन् ।

अन्तिम १६ का खेलमा साविक विजेता लिभरपूलले ब्राइटनलाई ३–२ ले पराजित गर्दा क्रिस्टल प्यालेसले भने एस्टन भिल्लालाई २–१ ले पराजित गर्यो ।

त्यस्तै, म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ५–२ को फराकिलो गोलअन्तरले पराजित गर्दा आर्सनलले च्याम्पियनसिप क्लब प्रिस्टन नर्थ इन्डलाई ३–० ले पराजित गर्यो ।

यता, बलियो म्यानचेस्टर सिटी टोटनहम हटस्परसंग २–१ ले स्तब्ध बन्दा न्युक्यासल युनाइटेडले चेल्सीलाई २–० ले पाखा लगायो ।

उता, ब्रेन्टफोर्डले च्याम्पियनसिप क्लब शेफिल्ड वेनेस्डे र साउथह्याम्टनले अर्को च्याम्पियनसिप क्लब स्टोक सिटीलाई पराजित गर्यो ।

अब क्वाटरफाइनलमा साविक विजेता लिभरपूलले साउथह्याम्टनसंग खेल्ने पक्का हुँदा म्यानचेस्टर युनाइटेडले टोटनहमको सामना गर्ने भएको छ ।

त्यस्तै, आर्सनलले क्रिस्टल प्यालेससंग खेल्ने तय हुँदा न्युक्यासल युनाइटेडले ब्रेन्टफोर्डसंग खल्नेछ ।

क्वाटरफाइनलका खेलहरु डिसेम्बर १८ तारिखमा हुने तालिका रहेको छ ।

प्रिमियर लिग र इंग्लिस फुटबल लिगका ९२ वटा क्लबहरु सहभागी हुने प्रतियोगिताको विजेता टोलीले युरोपेली क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता युईएफए कन्फेरेन्स लिगको प्लेअफ खेल्न पाउने प्रावधान समेत रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.