एजेन्सी । बलियो इंग्ल्याण्डलाई पराजित गर्दै वेस्ट इन्डिज आईसीसी महिला टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलवार भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसंगै वेस्ट इन्डिज ४ खेलबाट ३ मा जित र १ मा हारको नतिजासहित ६ अंक जोडेरसमूह ‘बी’ को विजेता बनेको छ ।

पराजित इंग्ल्याण्डको भने समान ४ खेलमा समान ६ नै अंक रहेतापनि नेट रननेटका आधारमा तेस्रोमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

६ नै अंक रहेको दक्षिण अफ्रिकाले भने नेट रननेटका आधारमा दोस्रोमा रहँदै समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।

युएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १४२ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले १८ ओभर खेल्नेक्रममा ४ विकेट गुमाएर १४४ रन जोड्यो ।

वेस्ट इन्डिजको जितमा ओपनर ब्याटर क्वेना जोसेफले ३८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेल्दा अर्का ओपनर तथा कप्तान हेले म्याथ्युजले ३८ बल खेल्नेक्रममा ७ चौका र १ छक्का प्रहार गर्दै ५० रनको अर्धशतक बनाइन् ।

त्यस्तै, डियान्द्रा डोटिनले १९ बलमा समान २ चौका र २ छक्का प्रहार गर्दै २७ रन जोडेर आउट हुँदा शेमेनी क्याम्पवेल ५ रनमा रनआउट भइन् ।

यता, आलिया आलेन ८ रनमा अविजित रहिन् ।

वेस्ट इन्डिजले अतिरिक्त रुपमा २ रन जोड्यो ।

इंग्ल्याण्डका लागि नाट सिभेर ब्रन्ट, सोफी इसेल्टन र साराह ग्लिनले समान १–१ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १४१ रन जोड्यो ।

इंग्ल्याण्डका लागि नाट सिभेर ब्रन्टले ५० बलमा ५ चौका प्रहार गर्दै ५७ रनको अर्धशतकिय पारी खेल्दा कप्तान हिथर नाइटले १३ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै २१ रन जोडेर पेविलियन फर्किन् ।

त्यस्तै, ओपनर ब्याटर ड्यानी वाट होड्गेले १२ बलमा १ चौका प्रहार गर्दै १६ रन जोडेर आउट हुँदा अर्का ओपनर मिया बाउचेरले १९ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै १४ रन जोडेर पेविलियन फर्किन् ।

यता, विकेटकिपर एमी जोन्स, ड्यानीले जिब्सन र सोफी इसेल्टनले समान ७–७ रन जोडेर आउट हुँदा चार्ली डिन ५ तथा एलिसे कास्पे १ रनमा पेविलियन फर्किन् ।

साराह ग्लिन भने १ रनमा अविजित रहिन् ।

इंग्ल्याण्डले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

वेस्ट इन्डिजका लागि अफे फ्लिचेरले ३ विकेट लिँदा हेले म्याथ्युजले २ तथा डियान्द्रा डोटिनले १ विकेट लिइन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.