एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टि–२० विश्वकपमा इंग्ल्याण्डले भारतलाई पराजित गरेको छ ।

सनिवार राति भएको खेलमा इंग्ल्याण्डले भारतलाई ११ रनले पराजित गरेको हो ।

जितका लागि १५२ रनको मध्यम लक्ष्य पछ्याएको भारत निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १४० रनमा समेतिएसंगै इंग्ल्याण्ड विजयी भएको हो ।

सेन्ट जोर्जेज पार्क रंगशालामा भएको खेलमा भारतका लागि स्मृति मन्धनाले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५२ रनको अर्धशतकिय रन जोडिन् ।

विकेटकिपर रिचा घोषले २४ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४७ रन जोड्दै अविजित रहँदा जेमिमा रोड्रिगेजले १६ बलमा १३ रन बनाईन् ।

भारतका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । शफाली बर्मा ८, कप्तान हर्मनप्रित कौर ४ रनमा आउट हुँदा दिप्ती शर्मा ७ रनमा रन आउट भईन् ।

त्यस्तै, पुजा बस्त्राकार २ रनमा अविजित रहिन् । भारतले ७ रन अतिरिक्त रुपमा पाएको थियो ।

इंग्ल्याण्डका लागि साराह ग्लानले २ विकेट लिँदा लौरेन बेल र सोफिया एकल्स्टनले १–१ विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १५१ रन बनाएको थियो ।

इंग्ल्याण्डका लागि न्याट सेभियर ब्रन्टले ४२ बल खेल्दै ५ चौका प्रहार गर्दै ५० रनको अर्धशतकिय रन जोडिन् ।

त्यस्तै, विकेटकिपर एमी जोन्सले २७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोड्दा कप्तान हिथर नाइटले २३ बलमा ४ चौका मद्दतमा २८ रन बनाउँदै आउट भईन् ।

सोफिया एकल्स्टन ११ रनमा अविजित रहँदा एलिस क्याप्सी ३ रनमा आउट भईन् । इंग्ल्याण्डले ९ रन अतिरिक्त रुपमा पाएको थियो ।

भारतका लागि रेनुका सिंहले सर्वाधिक ५ विकेट लिँदा शिखा पाण्डे र दिप्ती शर्माले १–१ विकेट लिईन् ।

इंग्ल्याण्ड ३ खेलमा ६ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थान रहेको छ ।

यता पराजित भारतको समान खेलमा ४ अंक छ । भारत तालिकाको दोस्रो स्थानमा छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.