भक्तपुर । नेपाली फुटबलको एक प्रतिष्ठित नकआउट प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २२ औं संस्करण पौष १४ गतेदेखि २३ गतेसम्म हुने भएको छ ।
यसअघि पुस १२ देखि २३ गते सम्म प्रतियोगिता आयोजना गर्ने तयारी थियो ।प्रतियोगितामा १० टोलीले खेल्ने टुंगो लागेको छ ।
प्रतियोगितामा साविक विजेता विभागिय नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरी फुटबल क्लब, साविक उपविजेता मनाङ मस्र्याङ्दी क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाईएसस्सी, मछिन्द्र क्लब, संकटा क्लब ,धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिने छन् ।
पोखरा रंगशालामा हुने प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
वि. सं.२०५८ सालमा क्याराभान गोल्डकपका नाममा सुरु भएको प्रतियोगितालाई पछि आहा रारा पोखरा गोल्डकप नामकरण गरिएको थियो ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने स्लोगन रहेको मोफसलको चर्चित प्रतियोगिताको मूख्य प्रायोजन हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दैछ ।
प्रतियोगितामा विधागत उत्कृष्ट पाँच पुरस्कारको पनि व्यवस्था गरिएको छ ।