भक्तपुर । २२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आज (विहिवार) बाट सुरु भएको छ ।
उद्घाटन खेलमा धरान फुटबल क्लबले आयोजक साहरा क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
पोखरामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब धरानसंग १–० ले पराजित भएको हो । ।
धरानका लागि प्रकाश बुढाथोकीले चौथौं मिनेटमा निर्णायक गोल गरेको थियो । जितसंगै धरान प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
धरानले सननिवार साविक विजेता नेपाल एपिएफ फुटबल क्लबसंग खेल्नेछ ।
प्रतियोगिताअन्तर्गत भोली शुक्रवार विभागिय नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।