Soccer Football - Premier League - AFC Bournemouth v Arsenal - Vitality Stadium, Bournemouth, Britain - October 19, 2024 AFC Bournemouth's Ryan Christie celebrates scoring their first goal with Evanilson REUTERS/Ian Walton

एजेन्सी । आर्सनल प्रिमियर लिगअन्तर्गत खेलमा एएफसी बर्नमाउथसंग स्तब्ध बनेको छ ।

सनिवार राति भएको खेलमा बलियो आर्सनल तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी एएफसी बर्नमाउथसंग २–० ले स्तब्ध बनेको हो ।

बर्नमाउथको घरेलु मैदान भिटालिटी स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जिताउन रायन क्रिस्टी र जस्टिन क्लुइभर्टले गोल गरे ।

पहिलो हाफको ३० औं मिनेटमा डिफेन्डर विलियम सालिबाले रातो कार्ड खाँदा आर्सनल १० खेलाडीमा समेतिन पुग्यो ।

जसको फाइदा उठाउँदै दोस्रो हाफको ७० औं मिनेटमा जस्टिनको पासमा रायनले गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए ।

त्यस्तै, ७९ औं मिनेटमा पेनाल्टीमा जस्टिनले गोल थप्दै बर्नमाउथलाई २–० ले जिताए ।

बलियो टोलीविरुद्व महत्वपूर्ण जित निकालेसंगै बर्नमाउथले ८ खेलबाट ११ अंक जोडेर लिग तालिकाको १० औं स्थानमा उक्लिएको छ ।

पराजित आर्सनलको भने समान ८ खेलमा १७ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा कायम रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.