
एजेन्सी । ब्राइटनमाथि स्पष्ट जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
सनिवार राति भएको खेलमा ब्राइटनमाथि ३–० को स्पष्ट जित निकाल्दै आर्सनल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
ब्राइटनको घरेलु मैदान अमेरिकन एक्सप्रेस स्टेडियममा भएको खेलमा भ्रमणकारी टोलीको जितमा लियान्ड्रो ट्रोस्सार्ड, काइ हाभार्टेज र बुकायो साकाले गोल गरे ।
पहिलो हाफको ३३ औं मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ६२ औं मिनेटमा जोर्गिन्होको पासमा हार्भाटेजले गोल थप्दा गर्नस २–० ले अघि बढ्यो ।
यता, ८६ औं मिनेटमा काइ हाभार्टेजको पासमा ट्रोस्सार्डले गोल थप्दा आर्सनल ३–० ले विजयी भयो ।
स्पष्ट जितसंगै उपाधि होडमा रहेको आर्सनलले ३१ खेलबाट ७१ अंक जोडेको छ ।
पराजित ब्राइटनको भने समान ३१ खेलबाट ४३ अंकसहित तालिकाको १० औं स्थानमा झरेको छ ।