
एजेन्सी । इंग्लिस क्लब आर्सनललाई पराजित गर्दै बायर्न म्युनिख युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेग खेलमा आर्सनलमाथि १–० समग्रमा ३–२ ले पराजित गर्दै जर्मन महारथी बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्यसअघि क्वाटरफाइनलअन्तर्गत पहिलो लेग खेल २–२ को बराबरीमा सकिएको थियो ।
एलियान्ज एरिना रंगशालामा भएको खेलमा म्युनिखलाई सेमिफाइनल यात्रा तय गराउन जोसुआ किम्मीचले निर्णायक गोल गरे ।
किम्मीचले दोस्रो हाफको ६३ औं मिनेटमा राफायल गुइएरोको पासमा निर्णायक गोल गरे ।
अब सेमिफाइनलमा म्युनिखले रियल मड्रिडसंग खेल्ने पक्का भएको छ ।