भक्तपुर । २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा संकटा क्लब प्रवेश गरेको छ ।
पोखरा रंगशालामा सोमबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमाथि २–१ को पुनरागमन जित निकाल्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो ।
संकटाका लागि मेसुके र सुरज ज्यु ठकुरीले गोल गरे । यता, आर्मीका लागि नवयुग श्रेष्ठले एक गोल गरे ।
खेलमा आर्मीले नवयुगको गोलमार्फत अग्रता लिएको थियो । विपक्षी खेलाडीले डीबक्सभित्र फाउल गरेपछि आर्मीले पेनाल्टी पाएको थियो । जसमा नवयुग चुकेनन् ।
तर, ३६ औं मिनेटमा संकटा मेसुकेको गोलमार्फत खेलमा फर्कियो । त्यस्तै, खेलको अतिरिक्त समयमा स्टेफनले गोल गर्दा संकटाले खेल २–१ ले जित्यो ।