भक्तपुर । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कपमा आरिफ शेखका स्थानमा पवन सराफले खेल्ने भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य आरिफ शेख घरेलु कारण देखाउँदै इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएपछि उनको स्थानमा पवन सराफले मौका पाएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत उक्त जानकारी दिएको हो ।
यसअघि क्यानले शुक्रवारमात्रै पाँचौं संस्करणको एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुने १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो ।
८ राष्ट्रको सहभागिता रहने प्रतियोगिता असार २८ गतेदेखि साउन ७ गतेसम्म श्रीलंकामा हुनेछ ।