भक्तपुर । फिफा विश्वकपको समूह ‘ए’ को दोस्रो चरणको लिग खेलमा सेनेगल विजयी भएको छ ।
शुक्रवार सेनेगलले जारी विश्वकपको दोस्रो चरण पुग्ने सम्भावना कायम राख्दा आयोजक कतारमाथि ३–१ को जित हात पार्यो ।
अल थुमामा रंगशालामा खेलको ४१ औं मिनेटमा बौलाए डियाको गोलमार्फत अफ्रिकी टोलीले अग्रता लियो । कतारको डिफेन्सले क्लियर गर्न नसकेको बललाई डियाले गोलपोस्टको दिशा दिएका थए ।
पहिलो हाफ १–० ले पछि परेको आयोजकले दोस्रो हाफको सुरुवाती समयमै गाल बेहोर्दा खेलमा २–० ले पछि पर्यो । सेनेगलका लागि फमारा डिडिउले ४८ औं मिनेटमा गोल गरे ।
यता, ७८ औं मिनेटमा मोहम्मद मुन्टरीको गोलमार्फत कतार खेलमा फर्कने त संकेट गर्यो तर,८४ औं मिनेटमा बाम्बा डियङले गोल गर्दा खेल सेनेगलको पक्षमा ३–१ ले टुंगियो ।
जितसंगै सेनेगलले २ खेलमा ३ अंक जोडेर अघिल्लो चरण प्रवेश सम्भावना कायमै राख्यो । यता लगातार दुई खेल हारेको आयोजकको अघिल्लो चरण प्रवेश कमजोर बनेको छ ।