एजेन्सी । अफगानिस्तानले आयरल्याण्डविरुद्वको टि–२० आई सिरिज जितेको छ ।

सोमवार राति भएको आयरल्याण्डविरुद्वको सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तान ५७ रनले विजयी भएसंगै ३ खेलको टि–२० आई सिरिज अफगानिस्तानले २–१ ले जितेको हो ।

युएईको सारजाहस्थित सारजाह क्रिकेट स्टेडियममा भएको खेलमा १५६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आयल्याण्ड १७.२ ओभरमा अलआउट हुन पुग्दा मात्र ९८ रनमा समेतियो ।

आयरल्याण्डका लागि कर्टिस क्याम्फेरले २३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २८ रन जोडेर पेविलियन फर्किदा ग्यारेथ डिलेनीले १९ बलमा २ छक्का प्रहार गर्दै २१ रन जोडेर आउट भए ।

त्यस्तै, ह्यारी टेक्टरले २१ बलमा ३ चौका प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किदा ओपनर ब्याट्सम्यान एन्ड्रेयु बालबिरनेई ९, मार्क अदैर ६, कप्तान पाउल स्टर्लिङ ४, जर्ज डकरेल ३, ब्यारी म्याककार्थी र बेन्जामिन ह्वाइट १–१ रनमा आउट भए ।

यता, जोशुआ लिटल २ रनमा अविजित रहँदा विकेटकिपर लार्कान टक्टर भने शुन्य रनमा पेविलियन फर्किए ।

आयरल्याण्डले अतिरिक्त रुपमा ७ रन जोड्यो ।

आयरल्याण्डलाई सस्तैमा समेत्दै जित निकाल्न अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजायीले ४ ओभर बलिङ गर्दै मात्र ९ रन दिएर सर्वाधिक ४ विकेट लिँदा नविन उल हकले २.२ ओभर बलिण् गर्नेक्रममा १० रन दिएर ३ विकेट लिए ।

त्यस्तै, कप्तान राशिद खान, नानगेयालिया खरोते र फजलहक फारुक्वीले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १५५ रन जोड्यो ।

अफगानिस्तानका लागि इब्राहिम जडरानले ५१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ७२ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।

त्यस्तै, विकेटकिपर मोहम्मद इशाकले २२ बलमा ३ चौका प्रहार गर्दै २७ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान सेदिक्वुल्लाह अटलले १९ बल खेल्नेक्रममा २ छक्का प्रहार गर्दै १९ रन नै जोडेर पेविलियन फर्किए ।

यता, इजाज अहमदजायीले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १० रन जोडेर रनआउट हुँदा अर्का ओपनर रहमानुल्लाह गुरबाज र मोहम्मद नाबी समान ६–६, कप्तान राशिद खान र अज्मतुल्लाह ओमारजायी ३–३ रन जोड्दै आउट भए ।

अफगानिस्तानले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

आयरल्याण्डका लागि मार्क अदैर, जोशुआ लिटल, ब्यारी म्याककार्थी, कर्टिस क्याम्फेर, ग्यारेथ डिलेनी र बेन्जामिन ह्वाइटले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.