
भक्तपुर । भ्रमणकारी टोली आयरल्याण्ड उल्भ्सले एकदिवसिय अन्तर्राष्ट्रिय (ओडिआई ) सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेको छ ।
काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा टस जितेसंगै आयरल्याण्ड उभ्सले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
योसंगै नेपाल ‘ए’ ले भने पहिला फिल्डिङ गर्ने भएको छ ।
नेपालले आजको खेलका लागि सुरुवाती ११ मा विनोद भण्डारीको कप्तानीमा देव खनाल, भिम सार्की, आरिफ शेख, अर्जुन कुमाल, अर्जुन साउद, बसिर अहमद, साहब आलम, कमल सिंह ऐरी, रिजन ढकाल र मौसम ढकाललाई समेतेको छ ।
उता, भ्रमणकारी टोलीले भने नेइल रकको कप्तानीमा केड कार्माइकल, ग्यारेथ डेलेनी, स्टेफेन डोदानी, फियोन ह्यान्ड, म्याथ्यु हम्फ्रिज, टम मोयस, लैम म्याकार्थी, जेम्स म्याकोलुम, पिटर जोसेफ मुर र बिन ह्वाइट समेतेको छ ।