एजेन्सी । पाकिस्तानले आईसीसी टि–२० विश्वकपअन्तर्गत खेलमा आयरल्याण्डमाथि सान्तोना जित हासिल गरेको छ ।
आईतवार राति भएको विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा विश्वकपबाट बाहिरिसकेको पाकिस्तानले आयरल्याण्डमाथि ३ विकेटको सान्तोना जित हासिल गरेको हो ।
जितसंगै पाकिस्तानले समूह ‘ए’ मा ४ खेलबाट २ जित र २ मा हारको नतिजाका साथ ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहँदै विश्वकप यात्रा सक्याएको छ ।
पराजित आयरल्याण्डले भने ४ खेलबाट ३ मा हार र एक नतिजाविहिन गरि १ अंक जोड्दै विश्वकप यात्रा टुंग्याएको छ ।
संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी रंगशालामा भएको खेलमा १०७ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १८.५ ओभरमा ७ विकेट गुमाउँदै १११ रन जोड्यो ।
पाकिस्तानको जितमा कप्तान बाबर आजामले ३४ बलमा २ चौका प्रहार गर्दै ३२ रन जोड्दा ओपनर ब्याट्सम्यान तथा विकेटकिपर मोहम्मद रिजवानले १६ बल खेल्दै २ चौका प्रहार गरेर १७ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, अर्का ओपनर सैम अयुबले १७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर आउट हुँदा अब्बास अफ्रिदीले २१ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर पेविलियन फर्किए ।
यता, शाहिन अफ्रिदीले ५ बलमा २ छक्का प्रहार गर्दै १३ रन जोडेर अविजित रहँदा फकर जमान ५, आइमद वासिम ४, उसमान खान २ र शादाब खान शुन्य रनमा पेविलियन फर्किए ।
पाकिस्तानले अतिरक्त रुपमा ४ रन जोड्यो ।
आयरल्याण्डका लागि ब्यारी म्याककार्थीले ३ विकेट लिँदा कर्टिस क्याफेरले २, मार्क अदैर र बेन्जामिन ह्वाइटले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको आयरल्याण्डले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १०६ रन जोड्यो ।
आयरल्याण्डका लागि ग्यारेथ डेलेनीले १९ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन जोडेर आउट हुँदा जोसुआ लिटलले १८ बल खेल्नेक्रममा २ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोडेर अविजित रहे ।
त्यस्तै, मार्क अदैरले १९ बलमा २ चौका प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा जर्ज डकरेलले १० बल खेल्दै २ चौका प्रहार गरेर ११ रन जोड्दै पेविलियन फर्किए ।
यता, कर्टिस क्यामफेर ७, विकेटकिपर लोर्कान टक्टर र ब्यारी म्याककार्थले २–२, कप्तान पाउल स्टर्लिङ १ रनमा आउट हुँदा ओपनर ब्याट्सम्यान एन्ड्रियु बालबिरनेई र ह्यारी टेक्टर शुन्य रनमा पेविलियन फर्किए ।
बेन्जामिन ह्वाइट भने ५ रनमा अविजित रहे ।
आयरल्याण्डले अतिरिक्त रुपमा १० रन जोड्यो ।
आयरल्याण्डलाई सस्तैमा समेत्न पाकिस्तानका लागि शाहिन अफ्रिदी र आइमद वासिमले समान ३–३ विकेट लिँदा मोहम्मद अमिर २ र ह्यारिस रौफ १ रनमा पेविलियन फर्किए ।