भक्तपुर । फिफा विश्वकपको दोस्रो चरणअन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रवारबाट सुरु हुँदैछ ।

शुक्रवार अर्थात आज दुई खेल हुनेछ । पहिलो खेलमा साविक उपविजेता क्रोएसिया र उपाधि दाबेदार राष्ट्र ब्राजिल इड्युकेशन सिटी रंगशालामा आमनेसामने हुँदैछ भने दोस्रो खेलमा युरोपेली राष्ट्र नेडरल्याण्ड र उपाधि दाबेदार राष्ट्र अर्जेन्टिनाबीच लुसाइल आइकोनिक रंगशालामा प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल राति पौने ९ बजे सुरु हुनेछ भने दोस्रो खेल राति पौने १ बजे हुँदैछ ।

क्रोएसियाविरुद्व ब्राजिल
सन् २०१८ जुनमा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले क्रोएसियामाथि २–० को जित निकाले यता अहिलेसम्म ब्राजिल क्रोएसियासंग पराजित भएको छैन ।

त्यसयता यी दुई राष्ट्रबीच थप तीन खेल खेल्दा २ मा ब्राजिल विजयी रहँदा एक खेल बराबरीमा सकिएको छ ।

यस्तै, युरोपेली राष्ट्र क्रोएसियाले दक्षिण अमेरिकी देशसंग पछिल्लो ५ खेल खेल्दा ४ मा पराजय बेहोरेको छ ।

त्यस्तै, सन् २००२ को विश्वकपको फाइनल खेलमा युरोपेली राष्ट्र जर्मनीमाथि २–० को जित निकालेयता ब्राजिलले विश्वकपका पछिल्लो ५ नकआउट चरणका खेल युरोपेली राष्ट्रसंग हारेको छ ।

फिफा विश्कपका सर्वाधिक ५ पटकका विजेता समेत रहेको ब्राजिल आज क्रोएसियामाथि जित निकाल्दै विश्वकपमा ९ औं पटक सेमिफाइनल प्रवेश गर्ने ध्यानमा रहनेछ ।

यता, साविक उपििवजेता राष्ट्र क्रोएसिया पनि उपाधि दाबेदार दक्षिण अमेरिकी टोलमाथि स्तब्धपूर्ण नतिजा निकाल्दै अन्तिम ४ को सिट सुरक्षित गर्ने प्रयासमाा हुनेछ ।

यस खेललाई नेइमार जुनियरविरुद्व लुक्का मोड्रिचका रुपमा पनि लिइनेछ ।

सहजै अनुमान लगाउन सकिन्छ कि कतार विश्वकपको पहिलो क्वाटरफाइनल खेल रोमाञ्चक हुनेछ ।

नेडरल्याण्डविरुद्व अर्जेन्टिना
तीनपटक विश्वकपको उपाधि नजिक पुगेर पनि जित्न नसकेको राष्ट्र नेडरल्याण्ड आज बलियो अर्नेन्टिनाविरुद्व जित हात पार्दै अघिल्लो चरण प्रवेश गर्न चाहन्छ ।

पछिल्लोपटक सन् २०१० मा फिफा विश्वकपको फाइनल पुगेको यो युरोपेली राष्ट्र अर्को युरोपेली राष्ट्र स्पेनसंग १–० ले पराजित भएको थियो ।

होलाण्डका रुपमा पनि चिनिने नेडरल्याण्डको एउटा रोमाञ्चक तथ्य के छ भने यो राष्ट्र अर्जेन्टिनासंग ९ खेल खेल्दा मात्र एक पटक पराजित भएको छ ।

डच टिमले ४ जित हात पार्दा ४ बराबरी खेलेको छ । त्यसैले पनि लुइस भान गालको प्रशिक्षणमा रहेको राष्ट्र उपाधि दाबेदार मानिएको दक्षिण अमेरिकी राष्ट्रविरुद्व राम्रो खेल्नेमा विश्वस्त रहेको छ ।

उसो त भर्जिल भान डाइकको कप्तानीमा रहेको हालको नेडरल्याण्ड टोली सन्तुलित रहेको छ ।

यता, लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतार विश्वकपको यात्रामा पहिलो खेलमा एसियाली राष्ट्र साउदी अरबियासंग २–१ को पराजय बेहोरेको थियो ।

त्यसयता उपाधि दाबेदारसमेत रहेको राष्ट्रले उत्कृष्ट पुनरागमन गरेको छ । हालको अर्जेन्टिनी टिम चर्चित खेलाडीहरुले त भरिएकै छ, यस्तोमा ७ पटकका बेलोन डीओआर विजेतासमेत रहेका मेसी पनि लयमै रहेका छन् ।

दुईपटक विश्वपकको उपाधि उचालिसकेको यो राष्ट्रले सन् २०१४ को विश्वकपमा फाइनलसम्मको यात्रा तय गरेको थियो ।

मेसीले सम्भवतः अन्तिम विश्वकप खेल्दै गर्दा उपाधि जित्ने एकमात्र लक्ष्य लिएको देखिन्छ ।

सहजै अनुमान लगाउन सकिन्छ कि आजको यो खेले निक्कै नै प्रतिस्पर्धात्मक हुनेछ ।

आजका सम्भावित विजेता राष्टहरु
ब्राजिल र अर्जेन्टिना

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.