
भक्तपुर । वर्तमान नेपाली महिला फुटबलका चर्चित तीन सदस्य भारतीय महिला लिग (आई लिग) खेल्नका लागि भारत प्रस्थान गरेका छन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्यत्रय स्ट्राइकर सावित्रा भण्डारी (साम्बा), रक्षक गीता राना र गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा आई लिगको नयाँ सिजनका लागि बिहीबार भारत प्रस्थान गरेका हुन् ।
आई लिगका लागि साम्बा साविक विजेता गोकुलम केरेलामा अनुबन्ध भएकी छिन् । गीता र एन्जिला भने सेथु एफसीमा अनुबन्ध भएका हुन् ।
साम्बाले यसअघि दुई सिजन आई लिग खेलिसकेका छन् । यता, गीता र एन्जिला भने आई लिगमा डेब्यु गर्न लागेका हुन् ।
यी तीनै खेलाडीले नेपालमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका थिए ।