भक्तपुर । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको खेलमा क्यानडाले स्कटल्याण्डमाथि सहज जित निकालेको छ ।

विहिवार भएको लिग २ अन्तर्गत खेलमा क्यानडाले स्कटल्याण्डमाथि ५ विकेटको जित निकालेको हो ।

महत्वपूर्ण जितसंगै क्यानडाले ४ खेलमा शतप्रतिशत जित हासिल गर्दै अंक तालिकामा ८ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

पराजित स्कटल्याण्डको भने ३ खेलमा १ मा जित र २ मा हारको नतिजासहित तालिकाको चौथौं स्थानमा रहेको छ ।

दुबईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा १९८ रनको मध्यम विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको क्यानडाले ४५.४ ओभरमा ५ विकेट गुमाउँदै २०० रन जोड्यो ।

क्यानडाको जितमा हर्ष थाकेरले १५१ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक १०५ रनको शतकिय पारी खेल्दै अविजित रहँदा निकोलास क्रिटनले ६४ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै ४४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, श्रेयास मोभ्भाले २९ बलमा २ चौका प्रहार गर्दै २० रन जोडेर अविजित रहँदा आरोन जोनसनले ११ बलमा २ छक्का प्रहार गर्दै १५ रन जोडेर पेविलियन फर्किए ।

यता, परगत सिंहले ८, विकेटकिपर श्रीमान्थ विजयरत्ने २ र नभनित धलिवाल १ रनमा पेविलियन फर्किए ।

क्यानडाले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

स्क्टल्याण्डका लागि ब्राड ह्विलले २ विकेट लिँदा ब्राड्ले कुरेइ र सफयान शरिफले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४७.३ ओभरमा अलआउट हुँदै १९७ रन जोड्यो ।

स्कटल्याण्डका लागि ओपनर ब्याट्सम्यान जर्ज मुन्सेले ४७ बलमा ६ चौका प्रहार गर्दै ३६ रन जोडेर पेविलियन फर्किदा ब्राडन म्यानमुलेनले २९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै ३३ रन जोडेर आउट भए ।

त्यस्तै, कप्तान रिची बेरिङटनले ४६ बलमा ३ चौका प्रहार गर्दै ३० रन जोडेर आउट हुँदा ब्राड ह्विलले ३७ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै २४ रन जोडेर पेविलियन फर्किए ।

यता, अर्का ओपनर चार्लिस टेरले ३६ बलमा १ चौका मद्दतमा १८ रन जोडेर आउट हुँदा विकेटकिपर म्याथ्यु क्रसले ३१ बलको सामाना गर्दा १ चौका प्रहार गर्दै १७ रन जोडेर पेविलियन फर्किए ।

ब्राड्ले कुरी ८ रनमा अविजित रहँदा मार्क वाट ९, स्कट कुरी ५, माइकल लिइक्स २ र सफयान शरिफ शुन्य रनमा पेविलियन फर्किए ।

स्कटल्याण्डले अतिरिक्त रुपमा १५ रन जोड्यो ।

स्कटल्याण्डलाई अलआउट गर्न क्यानडाका लागि हर्ष थाकेरले ३ विकेट लिँदा कप्तान साद बिन जफर र अमर खालिदले समान २–२ विकेट लिए ।

त्यस्तै, कलिम साना, डिलन हेलिगर र निकोलास क्रिटनले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.