Karn Sharma of Royal Challengers Bengaluru celebrates the wicket of Nitish Kumar Reddy of Sunrisers Hyderabad during match 41 of the Indian Premier League season 17 (IPL 2024) between Sunrisers Hyderabad and Royal Challengers Bangalore held at the Rajiv Gandhi International Stadium, Hyderabad on the 25th April 2024. Photo by Faheem Hussain/ Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले सनराइजर्स हैदराबादमाथि जित हासिल गरेको छ ।

विहिवार राति भएको आईपिएल खेलमा जारी सिजन लयमा आउन संघर्षरत रोयल च्यालेन्जर्स बेङ्गलुरुले उच्च प्रदर्शन गर्दै आएको सनराइजर्स हैदराबादमाथि ३५ रनको जित हासिल गरेको हो ।

महत्वपूर्ण जितसंगै लिग तालिकाको पुच्छारमा रहेको बेङ्गलुरुले ९ खेलमा दोस्रो जित निकाल्दै ४ अंक जोडेको छ ।

पराजित हैदराबादको भने ८ खेलमा १० अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।

हैदराबादको घरेलु मैदान राजिब गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा २०७ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली हैदराबाद निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै मात्र १७१ रनमा समेतियो ।

हैदराबादका लागि शाहबाज अहमेदले ३७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ४० रन जोडेर अविजित रहँदा ओपनर ब्याट्सम्उान अभिषेक शर्माले १३ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, कप्तान प्याट कमिन्सले १५ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन जोडेर आउट हुँदा नितिश कुमार रेड्डीले १३ बलमा १ छक्का मद्दतमा १३ रन जोडेर पेविलियन फर्किए ।

यता, भुबनेश्वर कुमारले १३ बलमा ३ चौका प्रहार गर्दै १३ रन बनाएर आउट हुँदा अब्दुल सामद ६ बलमा १ छक्का प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।

जयदेव उनादकत ८ रनमा अविजित रहँदा विकेटकिपर हेनरिच क्लासेन र अ‍ैदेन मार्कराम समान ७–७ र टिम हेड १ रनमा पेविलियन फर्किए ।

हैदराबादले अतिरिक्त रुपमा १० रन जोड्यो । हैदराबादमाथि महत्वपूर्ण जित निकाल्न बेङ्गलुरुका लागि स्वप्निल सिंह, कर्ण शर्मा र क्यामरन ग्रिनले समान २–२ विकेट लिँदा यश डयाल र विल ज्याक्सले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको बेङ्गलुरुले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २०६ रन जोड्यो ।

बेङ्गलुरुका लागि पुर्वकप्तान विराट कोहोलीले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकिय पारी खेल्दा रजत पातिदारले पनि २० बल खेल्नेक्रममा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रनको अर्धशतक बनाएर पेविलियन फर्किए ।

त्यस्तै, क्यामरन ग्रिनले २० बल खेल्दै ५ चौका प्रहार गरेर ३७ रन जोड्दै अविजित रहँदा कप्तान फाफ दु प्लेसिसले १२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोडेर आउट भए ।

यता, इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका स्वप्निल सिंहले ६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा विकेटकिपर दिनेश कार्तिकले ६ बल खेल्दै २ चौका प्रहार गरेर ११ रन जोडेर पेविलियन फर्किए ।

माहिपाल लोमरोर ७ र विल ज्याक्स ६ रनमा पेविलियन फर्किए ।

बेङ्गलुरुले अतिरिक्त रुपमा ७ रन जोड्यो ।

हैदराबादका लागि जयदेव उनादकतले ३ विकेट लिँदा थङ्गरसु नतराजनले २, प्याट कमिन्स र मयङ्क मार्कान्देले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.