MS Dhoni of Chennai Superkings plays a shot during match 13 of the Indian Premier League season 17 (IPL 2024) between Delhi Capitals and Chennai Super Kings held at the Dr YS Rajasekhara Reddy ACA-VDCA Cricket Stadium, Visakhapatnam on the 31st March 2024. Photo by Deepak Malik / Sportzpics for IPL

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्समाथि जित हासिल गरेको छ ।

आईतवार राति भएको खेलमा दिल्ली क्यापिटल्सले साविक विजेता समेत रहेको चेन्नेई सुपर किंग्समाथि २० रनको जित हासिल गरेको हो ।

महत्वपूर्ण जितसंगै दिल्लीले ३ खेलबाट पहिलो जित दर्ता गर्दै महत्वपूर्ण २ अंक जोड्दै लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

पराजित साविक विजेताको भने समान ३ खेलबाट २ मा जित र १ मा हारको नतिजासहित ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

भारतको विसाखापटनमस्थित डा. राजाशेखर रेड्डी एसीए–भिडिसिए अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १९२ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको चेन्नेईले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै मात्र १७१ रन जोड्न सक्यो ।

चेन्नेईका लागि अजिन्का राहानेले ३० बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४५ रन जोड्दा पुर्वकप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीले १६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन जोडेर अविजित रहे ।

त्यस्तै, डर्याल मिट्चेलले २६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३४ रन जोडेर आउट हुँदा रविन्द्र जडेजाले १७ बल खेल्दै २ चौका प्रहार गरेर २१ रन जोडेर अविजित रहे ।

यता, इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका शिभम् दुबेले १७ बलमा १ चौका प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान तथा कप्तान रुटुराज गाइकवाद १, अर्का ओपनर रचिन रविन्द्र २ र समिर रिन्भी शुन्य रनमा पेविलियन फर्किए ।

चेन्नेईले अतिरक्त रुपमा १३ रन जोड्यो ।

साविक विजेता टोलीमाथि जित निकाल्न दिल्लीका लागि मुकेश कुमारले ३ विकेट लिँदा अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरको खेलमा १९१ रन जोड्यो ।

दिल्लीका लागि कप्तान तथा विकेटकिपर रिशब पन्तले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान डेभिड वार्नरले ३५ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय इनिङ्स खेले ।

त्यस्तै, अर्का ओपनर पृथ्वी सले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोडेर आउट हुँदा मिट्चेल मार्शले १२ बल खेल्नेक्रममा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर पेविलियन फर्किए ।

यता, अभिषेक पोरेल ९ र अक्षर पटेल ७ रनमा अविजित रहँदा ट्रिस्टान स्टुब्स शुन्य रनमा पेविलियन फर्किए ।

दिल्लीले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

चेन्नेईका लागि माथिशा पाथिराणाले ३ विकेट लिँदा राविन्द्र जडेजा र मुस्ताफिजुर रहमानले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.