Gujarat Titans and Chennai Super Kings players greet each other after the match 59 of the Indian Premier League season 17 (IPL 2024) between Gujarat Titans and Chennai Super Kings held at the Narendra Modi Stadium , Ahmedabad on the 10th May 2024. Photo by Faheem Hussain/ Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा चेन्नेई सुपर किंग्समाथि गुजरात टाइटन्सले जित निकालेको छ ।

शुक्रवार राति भएको आईपिएल खेलमा साविक विजेता समेत रहेको चेन्नेई सुपर किंग्समाथि गुजरात टाइटन्सले ३५ रनको जित निकालेको हो ।

महत्वपूर्ण जितसंगै गुजरातले गुजरातले १२ खेलमा १० अंक जोड्दै लिग तालिकाको आठौं स्थानमा रहेको छ ।

पराजित चेन्नेईको भने समान १२ खेलमा १२ नै अंकसहित तालिकाको चौथौं स्थानमा रहेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा २३२ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नेईले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै मात्र १९६ रन जोड्न सक्यो ।

चेन्नेईका लागि डर्याल मिट्चेलले ३४ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ६३ रनको अर्धशतकिय पारी खेल्दा मोइन अलीले ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५६ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, सुपर स्टार खेलाडी महेन्द्र सिंह धोनीले ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २६ रन जोडेर अविजित रहँदा शिभम् दुबेले १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडेर पेविलियन फर्किए ।

यता, रविन्द्र जडेजाले १० बलमा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यानद्वय अजिन्क्या रहाने र रचिन रविन्द्र समान १–१ रनमा पेविलियन फर्किए ।

शार्दुल ठाकुर ३ रनमा अविजित रहँदा कप्तान रुतुराज गाइकवाद र मिट्चेल सान्टनेरले अंकको खाता नै खोल्न सकेन ।

चेन्नेईले अतिरिक्त रुपमा ७ रन जोड्यो ।

चेन्नेईलाई सस्तैमा समेत्न गुजरातका लागि मोहित शर्माले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिँदा उमेश यादव र सन्दिप वारियरले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै २३१ रन जोड्यो ।

गुजरातका लागि ओपनर ब्याट्सम्यान तथा कप्तान शुभमन गिलले ५५ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक १०४ रनको शतकिय पारी खेल्दा अर्का ओपनर साई सुदर्शनले ५१ बल खेल्दै ५ चौका र ७ छक्का प्रहार गर्दै १०३ रनको शतकिय पारी खेले ।

त्यस्तै, डेभिड मिलरले ११ बलमा १ चौका प्रहार गर्दै १६ रन जोडेर अविजित रहँदा शाहरुख खानले २ रन जोड्दै पेविलियन फर्किए ।

गुजरातले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

चेन्नेईका लागि तुषार देशपाण्डेले ४ ओभर बलिङ गर्दा ३३ रन दिएर २ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.