Yash Thakur of Lucknow Super Giantscelebrates the wicket of Vijay Shankar of Gujarat Titans during match 21 of the Indian Premier League season 17 (IPL 2024) between Lucknow Super Giants and Gujarat Titans held at the Bharat Ratna Shri Atal Bihari Vajpayee Ekana Cricket Stadium, Lucknow on the 7th April 2024. Photo by Ron Gaunt / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा लखनउ सुपर जायन्सले गुजरात टाइटन्समाथि जित निकालेको छ ।

आईतवार राति भएको खेलमा लखनउ सुपर जायन्सले साविक उपविजेता समेत रहेको गुजरात टाइटन्समाथि ३३ रनको जित निकालेको हो ।

आईपिएलमा अहिलेसम्म लगातार ४ पटक गुजरातसंग पराजय भोगेको लखनउले घरेलु मैदानमा पहिलो जित निकाल्न सफल भयो ।

जितसंगै लखनउले ४ खेलबाट ६ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

पराजित गुजरातको ५ खेलमा ४ अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ ।

लखनउको घरेलु मैदान एकाना स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा १६४ रनको विजयी लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा अलआउट हुँदा मात्र १३० रनमा समेतियो ।

गुजरातका लागि ओपनर ब्याट्सम्यान साइ सुदर्शनले २३ बलमा ४ चौका प्रहार गर्दै ३१ रन जोड्दा राहुल तेवातियाले २५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै ३० रन जोडेर पेविलियन फर्कियो ।

त्यस्तै, कप्तान शुभमन गिलले २१ बल खेल्नेक्रममा २ चौका प्रहार गरेर १९ रन जोड्दै पेविलियन फर्किदा विजय शंकरले १७ बलमा १ छक्का प्रहार गरेर १७ रन जोडेर आउट भए ।

यता, दर्शन नालकान्देले ११ बलमा १ छक्का प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा नुर अहमद ४, विकेटकिपर बिआर शारथ र उमेश यादव २–२ र केन विलियम्सन १ रनमा पेविलियन फर्किदा राशिद खान र स्पेन्सर जोन्सनले अंकको खाता नै खोल्न सकेनन् ।

गुजरातले अतिरिक्त रुपमा १२ रन जोड्यो ।

गुजरातलाई सस्तैमा अलआउट गर्न लखनउका लागि यश ठाकुरले ३.५ ओभर बलिङ गर्दै १ मेडनसहित ३० रन दिएर सर्वाधिक ५ विकेट लिँदा कुर्णाल पाण्डेयाले ४ ओभर बलिङ गर्दै मात्र ११ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, नविन उल हक र रवि बिस्नोईले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १६३ रन जोड्यो ।

लखनउका लागि मार्कुस स्टोइनिसले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकिय पारी खेल्दा कप्तान तथा विकेटकिपर केएल राहुलले ३१ बल खेल्दै ३ चौका प्रहार गरेर ३३ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, निकोलास पुरनले २२ बलमा ३ छक्का प्रहार गरेर ३२ रन जोड्दै अविजित रहँदा आयुष बादोनीले ११ बल खेल्दै ३ चौका प्रहार गरेर २० रन जोड्दै पेविलियन फर्किए ।

यता, देवदुत पादिखेलले ७ रन जोड्दै आउट हुँदा कुर्णाल पाण्डेयाले २ रन जोड्दै अविजित रहे ।

लखनउले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

गुजरातका लागि दर्शन नालकन्देले २ ओभर बलिङ गर्दै २१ रन दिएर २ विकेट लिँदा उमेश यादवले ३ ओभर बलिङ गर्दै २२ रन दिएर २ विकेट लिए ।

यता, राशिद खानले ४ ओभर बलिङ गर्दै २८ रन खर्चिएर १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.