Mayank Yadav of Lucknow Super Giants celebrates the wicket of Cameron Green of Royal Challengers Bangalore during match 15 of the Indian Premier League season 17 (IPL 2024) between Royal Challengers Bangalore and Lucknow Super Giants held at the M.Chinnaswamy Stadium, Bengaluru on the 2nd April 2024. Photo by Arjun Singh / Sportzpics for IPL

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा लखनउ सुपर जायन्ससंग रोयल च्यालेन्जर्स बेङ्गलुरु पराजित भएको छ ।

मंगलवार राति भएको आईपिएल खेलमा लखनउ सुपर जायन्ससंग रोयल च्यालेन्जर्स बेङ्गलुरु २८ रनले पराजित भएको हो ।

पराजयसंगै बेङ्गलुरुले ४ खेलबाट मात्र २ अंकमात्र जोड्न सकेको छ ।

बेङ्गलुरु अंक तालिकाको पुच्छारबाट दोस्रो अर्थात् ९ औं स्थानमा रहेको छ ।

यता, महत्वपूर्ण जित निकालेको लखनउले भने ३ खेलबाट ४ अंक जोड्दै तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।

बेङ्गलुरुको घरेलु मैदान एम. चिन्नस्वामी रंगशालामा भएको खेलमा १८२ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली १९.४ ओभरमा अलआउट हुन पुग्दा मात्र १५३ रनमा समेतियो ।

बेङ्गलुरुका लागि इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका माहिपाल लोमरोरले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन जोड्दा रजत पातिदारले २१ बल खेल्नेक्रममा २ चौका र २ छक्का प्रहार गर्दै २९ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान विराट कोहलीले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोड्दा कप्तान फाफ दु प्लेसिसले १३ बल खेल्दा ३ चौका प्रहार गरेर १९ रन जोडेर पेविलियन फर्किए ।

यता, मोहम्मद सिराजले ८ बलमा २ छक्का प्रहार गर्दै १२ रन जोड्दै आउट हुँदा विकेटकिपर अनुज रावतले २१ बलमा ११ रन जोडेर पेविलियन फर्किए ।

रेस टोप्ले ३ रनमा अविजित रहँदा क्यामरन ग्रिन ९, दिनेश कार्तिक ४, ग्लिन म्याक्सवेल र मयङ्क डगर शुन्य रनमा पेविलियन फर्किए ।

बेङ्गलुरुले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

घरेलु टोलीलाई सस्तैमा अलआउट गर्न लखनउका लागि मयङ्क यादवले ३ विकेट लिँदा नविन उल हकले २ विकेट लिए ।

त्यस्तै, एम सिद्धार्थ, यश ठाकुर र मार्कुस स्टोइनिसले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १८१ रन जोड्यो ।

लखनउका लागि ओपनर ब्याट्सम्यान क्विन्टन डि क्विकले ५६ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ८१ रनको अर्धशतियक पारी खेल्दा निकोलास पुरनले २१ बल खेल्दै १ चौका र ५ छक्का प्रहार गरेर ४० रन जोड्दै अविजित रहे ।

त्यस्तै, मार्कुस स्टोइनिसले १५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा कप्तान तथा विकेटकिपर केएल राहुलले १४ बल खेल्दै २ छक्का प्रहार गरेर २० रन जोड्दै पेविलियन फर्किए ।

यता, देवदुत पादिक्कल ६ रनमा पेविलियन फर्किदा आयुष बादोनी र कर्णाल पाण्डेयाले रनको खाता नै खोल्न सकेन ।

लखनउले अतिरिक्त रुपमा १० रन जोड्यो ।

बेङ्गलुरुका लागि ग्लिन म्याक्सवेलले २ विकेट लिँदा रेस टोप्ले, मोहम्मद सिराज र यश डयालले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.