Kuldeep Yadav of Delhi Capitals smiles after taking Krunal Pandya of Lucknow Super Giants wicket during match 64 of the Indian Premier League season 17 (IPL 2024) between Delhi Capitals and Lucknow Super Giants held at the Arun Jaitley Stadium, Delhi on the 14th May 2024. Photo by Arjun Singh / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा लखनउ सुपर जायन्समाथि दिल्ली क्यापिटल्सले जित निकालेको छ ।

मंगलवार राति भएको आईपिएल खेलमा लखनउ सुपर जायन्समाथि दिल्ली क्यापिटल्सले १९ रनको जित निकालेको हो ।

महत्वपूर्ण जितसंगै दिल्लीले १४ खेलबाट ७ मा जित र ७ मा हारको नतिजासहित १४ अंक जोडेर लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

योसंगै दिल्लीको सुपर ४ मा पुग्ने सम्भावना कायमै छ ।

पराजित लखनउको भने १३ खेलमा ६ मा जित र ७ मा हारको नतिजासहित १२ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ ।

लखनउको प्लेअफमा पुग्ने सम्भावना गणितिय रुपमा मात्र बाँकी छ ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली रंगशालामा भएको खेलमा २०९ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको लखनउ निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै मात्र १८९ रनमा समेतियो ।

लखनउका लागि निकोलास पुरनले २७ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकिय पारी खेल्दा अर्शद खानले ३३ बल खेल्नेक्रममा ३ चौका र ५ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।

त्यस्तै, कुर्णाल पाण्डेयाले १८ बलमा २ चौका प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा युद्धविर सिंहले ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १४ रन जोडेर पेविलियन फर्किए ।

लखनउका लागि स्टार खेलाडीहरुको ब्याट भने चल्न सकेन । विकेटकिपर क्विन्टन डि कक ८ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा कप्तान केएल राहुल र मार्कुस स्टोइनिस समान ५–५ रइम्प्याक्ट प्लेयरका रुपमा मैदान आएका आयुष बादोनी ६ रनमा पेविलियन फर्किए ।

यता, रवि बिस्नोई २ रनमा रनआउट हुँदा दिपक होडा शुन्य रनमा पेविलियन फर्किए ।

नविन उल हक भने २ रनमा अविजित रहे ।

लखनउले अतिरक्त रुपमा ६ रन जोड्यो ।

लखनउमाथि जित निकाल्न दिल्लीका लागि इम्प्याक्ट प्लेयरका रुपमा मैदान आएका इशान्त शर्माले ३ विकेट लिँदा खलिल अहमेद, अक्षर पटेल, मुकेश कुमार, कुलदिप यादव र ट्रिस्टान स्टुब्सले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै २०८ रन जोड्यो ।

दिल्लीका लागि ओपनर ब्याट्सम्यान अभिषेक पोरेलले ३३ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकिय पारी खेल्दा ट्रिस्टान स्टुब्सले २५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५७ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।

त्यस्तै, शाई होपले २७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३८ रन जोडेर आउट हुँदा कप्तान तथा विकेटकिपर रिशभ पन्तले २३ बल खेल्दै ५ चौका प्रहार गरेर ३३ रन जोडेर पेविलियन फर्किए ।

यता, अक्षर पटेलले १० बलमा २ चौका प्रहार गर्दै १४ रन जोडेर अविजित रहँदा अर्का ओपनर ज्याक फ्रेसर म्याकग्रुक भने शुन्य रनमा पेविलियन फर्किए ।

दिल्लीले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

लखनउका लागि नविन उल हकले २ विकेट लिँदा अर्शद खान र रवि बिस्नोईले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.