Jake Fraser-McGurk of Delhi Capitals and Prithvi Shaw of Delhi Capitals during match 26 of the Indian Premier League season 17 (IPL 2024) between Lucknow Super Giants and Delhi Capitals held at the Bharat Ratna Shri Atal Bihari Vajpayee Ekana Cricket Stadium, Lucknow on the 12th April 2024. Photo by Saikat Das / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा लखनउ सुपर जायन्ट्समाथि दिल्ली क्यापिटल्सले जित हासिल गरेको छ ।

शुक्रवार राति भएको आईपिएल खेलमा लखनउ सुपर जायन्समाथि दिल्ली क्यापिटल्सले ६ विकेटको जित हासिल गरेको हो ।

सहज जितसंगै दिल्लीले ६ खेलबाट ४ अंक जोड्दै लिग तालिकाको नवौं स्थानमा उक्लिएको छ ।

पराजित लखनउको भने ५ खेलबाट ६ अंकसहित तालिकाको चौथौं स्थानमा कायम रहेको छ ।

लखनउको घरेलु मैदान एकाना स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा १६८ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १८.१ ओभरमा मात्र ४ विकेट गुमाउँदै १७० रन जोड्यो ।

भ्रमणकारी टोली दिल्लीको जितमा ज्याक फ्रासेर म्याकगुर्कले ३५ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दा कप्तान तथा विकेटकिपर रिशब पन्तले २४ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ४१ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान पृथ्वी शले २२ बलमा ६ चौका प्रहार गर्दै ३२ रन जोडेर आउट हुँदा ट्रिस्टन स्टुब्सले ९ बल खेल्दै १ छक्का प्रहार गरेर १५ रन जोड्दै अविजित रहे ।

यता, शाई होपले १० बलमा १ चौका प्रहार गर्दै ११ रन जोडेर अविजित रहँदा अर्का ओपनर डेभिड वार्नरले ९ बलमा १ चौका प्रहार गर्दै ८ रन जोडेर पेविलियन फर्किए ।

दिल्लीले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

लखनउका लागि रवि बिस्नोईले ४ ओभरमा २५ रन दिएर २ विकेट लिँदा नविन उल हक र यश ठाकुरले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १६७ रन जोड्यो ।

लखनउका लागि आयुष बादोनीले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा कप्तान तथा विकेटकिपर केएल राहुलले २२ बल खेल्नेक्रममा ५ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडेर अविजित रहे ।

त्यस्तै, अर्शद खानले १६ बलमा २ चौका प्रहार गर्दै २० रन जोडेर अविजित रहँदा ओपनर ब्याट्सम्यान क्विन्टन दि ककले १३ बल खेल्दै ४ चौका प्रहार गरेर १९ रन जोड्दै पेविलियन फर्किए ।

यता, इम्प्याक्ट प्लेयरका रुपमा मैदान प्रवेश गरेका दिपक होडाले १३ बलमा १० रन जोड्दै आउट हुँदा मार्कुस स्टोइनिस ८, देवदुत पादिक्कल र कुर्णाल पाण्डेया समान ३–३ र निकोलास पुरन शुन्य रनमा पेविलियन फर्किए ।

लखनउले अतिरिक्त रुपमा १० रन जोड्यो ।

दिल्लीका लागि खलिल अहमेदले ४ ओभरमा ४१ रन खर्चिएर २ विकेट लिँदा इशान्त शर्मा र मुकेश कुमारले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.