Daryl Mitchell of Chennai Superkings hits out for four during match 61 of the Indian Premier League season 17 (IPL 2024) between Chennai Super Kings and Rajasthan Royals held at the MA Chidambaram Stadium, Chennai on the 12th May 2024. Photo by Ron Gaunt / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा राजस्थान रोयल्समाथि चेन्नेई सुपर किंग्सले जित हासिल गरेको छ ।

आईतवार भएको पहिलो आईपिएल खेलमा राजस्थान रोयल्समाथि साविक विजेता चेन्नेई सुपर किंग्सले ५ विकेटको जित हासिल गरेको हो ।

महत्वपूर्ण जितसंगै चेन्नेईको सुपर चारमा प्रवेश गर्ने सम्भावना कायमै छ ।

चेन्नेईले १३ खेलमा १४ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

पराजित राजस्थानको १२ खेलमा १६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

चेन्नेईको घरेलु मैदान एमए चिदमबरम रंगशालामा भएको खेलमा १४२ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले १८.२ ओभरमा ५ विकेट गुमाउँदै १४५ रन जोड्यो ।

चेन्नेईको जितमा कप्तान रुतुराज गाइकवादले ४१ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४२ रन जोडेर अविजित रहँदा ओपनर ब्याट्सम्यान रचिन रविन्द्रले १८ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै २७ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, डर्याल मिट्चेलले १३ बलमा ४ चौका प्रहार गर्दै २२ रन जोडेर एलबिडब्लु आउट हुुँदा इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका समिर रिज्भीले ८ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै १५ रन जोडेर अविजित रहे ।

यता, मोयन अलीले १३ बलमा १० रन जोडेर आउट हुँदा रविन्द्र जडेजा ५ रनमा पेविलियन फर्किए ।

चेन्नेईले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

राजस्थानका लागि रविचन्द्र अश्विनले ४ ओभर बलिङ गर्दै ३५ रन दिएर २ विकेट लिँदा नान्द्रे बुर्गर र युजभेन्द्र चाहलले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १४१ रन जोड्यो ।

राजस्थानका लागि रियान परागले ३५ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन जोडेर अविजित रहँदा ध्रुव जुरेलले १८ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान यश्वस्वी जैसवालले २१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडेर पेविलियन फर्किदा अर्का ओपनर जस बटलरले २५ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै २१ रन जोडेर आउट भए ।

यता, कप्तान तथा विकेटकिपर सन्जु सामसनले १९ बलमा १५ रन जोडेर आउट हुँदा रविचन्द्रन आश्विन १ रनमा अविजित रहे ।

शुभम् दुवे भने शुन्य रनमा पेविलियन फर्किए ।

राजस्थानले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

राजस्थानलाई सस्तैमा समेत्न चेन्नेईका लागि सिमरजित सिंहले ४ ओभर बलिङ गर्दै २६ रन दिएर ३ विकेट लिँदा तुषार देशपाण्डेले ४ ओभर बलिङ गर्दै ३० रन दिएर २ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.