एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा मुम्बई इन्डियन्स लखनउ सुपर जायन्ससंग पराजित भएको छ ।
शुक्रवार राति भएको खेलमा मुम्बई इन्डियन्स लखनउ सुपर जायन्ससंग १८ रनले पराजित भएको हो ।
जारी सिजनको लिग चरणको अन्तिम खेलमा पराजय बेहोरेसंगै सर्वाधिक पाँच पटकका पुर्व विजेता मुम्बईले १४ खेलबाट ४ मा जित र १० मा हारको नतिजाका साथ८ अंक जोडेको छ ।
मुम्बई तालिकाको १० औं अर्थात् पुच्छारमा रह्यो ।
यता, लखनउको भने समान १४ खेलमा ७ मा जित र ७ मा हारको नतिजासहित १४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा रह्यो ।
लखनउ पनि यो सिजन प्लेअफमा पुग्न असफल रह्यो ।
मुम्बईको घरेलु मैदान वानखडे रंगशालामा भएको खेलमा २१५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १९६ रनमा समेतियो ।
मुम्बईका लागि ओपनर ब्याट्सम्यान तथा पुर्व कप्तान रोहित शर्माले ३८ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ६८ रनको अर्धशतकिय पारी खेल्दा नमन धिरले २८ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गर्दै ६२ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।
त्यस्तै, अर्का ओपनर डेवाल्ड ब्रेभिसले २० बलमा १ चौका र २ छक्का प्रहार गर्र्दै २३ रन जोडेर आउट हुँदा कप्तान हार्दिक पाण्डेयाले १३ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किए ।
विकेटकिपर इशान किसनले १५ बलमा १ चौका मद्दतमा १४ रन जोडेर आउट हुँदा नेहाल वाधेरा १ रनमा पेविलियन फर्किए ।
यता, रोमारियो शेफर्ड १ रनमा अविजित रहँदा सुर्यकुमार यादव शुन्य रनमा पेविलियन फर्किए ।
मुम्बईले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
मुम्बईलाई सस्तैमा समेत्दै जित निकाल्न नविन उल हक र रवि बिस्नोईले समान २–२ विकेट लिँदा कुर्णाल पाण्डेया र मोहसिन खानले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २१४ रन जोड्यो ।
लखनउका लागि निकोलास पुरनले २९ बलमा ५ चौका र ८ छक्का प्रहार गर्दै ७५ रनको अर्धशतकिय पारी खेल्दा कप्तान तथा विकेटकिपर केएल राहुलले ४१ बल खेल्नेक्रममा ३ चौका र ३ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, मार्कुुस स्टोइनिसले २२ बलमा ५ चौका प्रहार गर्दै २८ रन जोडेर आउट हुँदा आयुष बादोनीले १० बल खेल्दै १ चौका र २ छक्का प्रहार गरेर २२ रन जोडेर पेविलियन फर्किए ।
यता, दिपक होडाले ९ बलमा १ चौका मद्दतमा ११ रन जोडेर आउट हुँदा कुर्णाल पाण्डेयाले ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोडेर अविजित रहे ।
लखनउले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
मुम्बईका लागि पियुष चावला र नुवान थुशाराले समान ३–३ विकेट लिए ।