Marcus Stoinis of Lucknow Super Giants during match 48 of the Indian Premier League season 17 (IPL 2024) between Lucknow Super Giants and Mumbai Indians held at the Bharat Ratna Shri Atal Bihari Vajpayee Ekana Cricket Stadium, Lucknow on the 30th April 2024. Photo by Deepak Malik / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा मुम्बई इन्डियन्समाथि लखनउ जायन्ट्सले सहज जित निकालेको छ ।

मंगलवार राति भएको आईपिएल खेलमा पाँच पटकका विजेता मुम्बई इन्डियन्समाथि लखनउ जायन्ट्सले ४ विकेटको सहज जित निकालेको हो ।

महत्वपूर्ण जितसंगै लखनउले १० खेलबाट १२ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

पराजित मुम्बईको भने समान १० खेलमा ६ अंकसहित तालिकाको ९ औं स्थानमा रहेको छ ।

लखनउस्थित एकाना स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा १४५ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको लखनउले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

लखनउको जितमा मार्कुस स्टोइनिसले ४५ बलमा ७ चौका र २ छक्का पहार गर्दै सर्वाधिक ६२ रनको अर्धशतकिय पारी खेल्दा कप्तान केएल राहुलले २२ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २८ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, दिपक होडाले १८ बलमा २ चौका प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा निकोलास पुरनले १४ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै १४ रन जोडेर अविजित रहे ।

यता, आयुष बादोनी ६, अश्तोन टर्नर ५ र अर्षिन कुलकर्नी शुन्य रनमा पेविलियन फर्किदा कुर्णाल पाण्डेया भने १ रनमा अविजित रहे ।

लखनउले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

मुम्बईका लागि कप्तान हार्दिक पाण्डेयाले २ विकेट लिँदा नुवान थुशारा, गेरार्ड कोएट्जे र मोहम्मद नाबीले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १४४ रन जोड्यो ।

मुम्बईका लागि नेहाल वाधेराले ४१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४६ रन जोड्दा टिम डेभिडले १८ बल खेल्नेक्रममा ३ चौका र १ छक्का प्रहार गर्दै ३५ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान तथा विकेटकिपर इशान किसनले ३६ बलमा ३ चौका प्रहार गर्दै ३२ रन जोडेर आउट हुँदा सुर्यकुमार यादवले ६ बलमा १ छक्का प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।

यता, तलक बर्मा ७, पुर्व कप्तान रोहित शर्मा ४, मोहम्मद नाबी १ र हार्दिक पाण्डेया शुन्य रनमा पेविलियन फर्किदा गेराल्र्ड कोएट्जे १ रनमा अविजित रहे ।

मुम्बईले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

मुम्बईलाई सस्तैमा समेत्न लखनउका लागि मोहसिन खानले २ विकेट लिँदा मार्कुस स्टोइनिस, नविन उल हक, मयङ्क यादव र रवि बिस्नोईले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.