Riyan Parag of Rajasthan Royals during match 14 of the Indian Premier League season 17 (IPL 2024) between Mumbai Indians and Rajasthan Royals held at the Wankhede Stadium, Mumbai on the 1st April 2024. Photo by Faheem Hussain/ Sportzpics for IPL

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि सहज जित निकालेको छ ।

सोमवार राति भएको आईपिएल खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि ६ विकेटको सहज जित निकालेको हो ।

योसंगै जारी आईपिएलमा राजस्थान ३ खेलमा शतप्रतिशत जितका साथ ६ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यता, पाँच पटकका पुर्व विजेता मुम्बईले भने ३ खेल खेलिसक्दा सबैमा पराजय बेहोर्दै शुन्य अंकका साथ तालिकाको पुच्छारमा रहेको छ ।

मुम्बईको घरेलु मैदान वानखडे स्टेडियममा भएको खेलमा १२६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भ्रमणकारी टोली राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै १२७ रन जोड्यो ।

राजस्थानको जितमा रियान परागले ३९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा रविचन्द्रन आश्विनले १६ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान जोस बटलरले १६ बलमा २ चौका प्रहार गर्दै १३ रन बनाएर आउट हुँदा कप्तान तथा विकेटकिपर सन्जु सामसनले १० बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै १२ रन जोड्दै पेविलियन फर्किए ।

यता, अर्का ओपनर यशस्वी जैसवालले ६ बलमा २ चौका प्रहार गर्दै १० रन जोडेर आउट हुँदा इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका शुभम् दुबेले ६ बलमा १ चौका प्रहार गर्दै ८ रन जोडेर अविजित रहे ।

राजस्थानले अतिरिक्त रुपमा १४ रन जोड्यो ।

मुम्बईका लागि आकाश मधवालले ४ ओभर बलिङ गर्दै २० रन दिएर ३ विकेट लिँदा क्वेना माफाकाले २ ओभरमा २३ रन खर्चिएर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १२५ रन जोड्यो ।

मुम्बईका लागि कप्तान हार्दिक पाण्डेयाले २१ बलमा ६ चौका प्रहार गर्दै ३४ रन जोड्दा तिलक बर्माले २९ बल खेल्नेक्रममा २ छक्का प्रहार गर्दै ३२ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान तथा विकेटकिपर इशान किसनले १४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडेर आउट हुँदा टिम डेभिडले २४ बलको सामाना गर्दा १ चौका मद्दतमा १७ रन जोडेर पेविलियन फर्किए ।

यता, जसप्रिति बुमराह ८ र आकाश मधवाल ४ रनमा अविजित रहँदा गेराल्र्ड कोएट्जे ४ र पियुष चावला ३ रनमा पेविलियन फर्किए ।

मुम्बईका ३ ब्याट्सम्यान अंकको खाता नै नखोलि पेविलियन फर्किए ।

मुम्बईले अतिरिक्त रुपमा ७ रन जोड्यो ।

मुम्बईलाई सस्तैमा समेत्न राजस्थानका लागि ट्रेन्ट बोल्टले ४ ओभर बलिङ गर्नेक्रममा २२ रन दिएर ३ विकेट लिँदा युजभेन्द्र चाहालले पनि ४ ओभर बलिङ गर्दै मात्र ११ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, नान्द्रे बर्गरले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर २ विकेट लिँदा आभेश खानले ४ ओभरमा ३० रन दिएर १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.