Sunil Narine of Kolkata Knight Riders celebrates the wicket of Nehal Wadhera of Mumbai Indians during match 51 of the Indian Premier League season 17 (IPL 2024) between Mumbai Indians and Kolkata Knight Riders held at the Wankhede Stadium, Mumbai on the 3rd May 2024. Photo by Faheem Hussain/ Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्समाथि जित हासिल गरेको छ ।

शुक्रवार राति भएको आईपिएल खेलमा कोलकता नाइट राइडर्सले पाँच पटकका विजेता मुम्बई इन्डियन्समाथि २४ रनको जित हासिल गरेको हो ।

महत्वपूर्ण जितसंगै कोलकताले १० खेलबाट १४ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

जारी सिजन खराब लयबाट गुर्जिरहेको मुम्बईको भने ११ खेलबाट मात्र ६ अंकसहित तालिकाको ९ औं स्थानमा छ ।

योसंगै मुम्बईको प्लेअफ पुग्ने सम्भावना पनि समाप्त भएको छ ।

मुम्बईको घरेलु मैदान वानखडे रंगशालामा भएको खेलमा १७० रनको सामान्य विजयी लक्ष्य पछ्याएको घरेलु टोली मुम्बई १८.५ ओभरमा अलआउट हुन पुग्दा मात्र १४५ रनमा समेतियो ।

मुम्बईका लागि सुर्यकुमार यादवले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५६ रनको अर्धशतकिय पारी खेल्दा टिम डेभिडले २० बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान तथा विकेटकिपर इशान किसनले ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा अर्का ओपनर रोहित शर्माले १२ बलमा १ छक्का प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किए ।

यता, नमन धिरले ११ बलमा २ चौका प्रहार गर्दै ११ रन जोड्दै आउट हुँदा गेराल्ड कोएट्जे ८, नेहाल वाधेरा ६, तिलक बर्मा ४, कप्तान हार्दिक पाण्डेया १ र पियुष चावला शुन्य रनमा पेविलियन फर्किए ।

जसप्रित बुमराह भने १ रनमा अविजित रहे ।

मुम्बईले अतिरिक्त रुपमा १० रन जोड्यो ।

कोलकताको जितमा मिट्चेल स्टार्कले ३.५ ओभर बलिङ गर्दै ३३ रन दिएर सर्वाधिक ४ विकेट लिँदा एन्ड्रे रसेल, सुनिल नारिने र वरुण चक्रवर्तीले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको भ्रमणकारी टोली कोलकताले १९.५ ओभरमा अलआउट हुँदै १६९ रन जोड्यो ।

कोलकताका लागि भेनकतेश ऐयरले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ७० रनको अर्धशतकिय पारी खेल्दा इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका मनिस पाण्डेयाले ३१ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै ४२ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, अंगक्रिश रघुबंशीले ६ बलमा १ छक्का प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा रिंकु सिंह ९, ओपनर ब्याट्सम्यान सुनिल नारिने ८, एन्ड्रे रसेल ७, कप्तान श्रेयस ऐयर ६, अर्का ओपनर तथा विकेटकिपर फिल साल्ट ५ र रामदिप सिंह २ रनमा पेविलियन फर्किए ।

यता, मिट्चेल स्टार्क र बैभव अरोराले अंकको खाता नै खोल्न सकेनन् ।

कोलकताले अतिरिक्त रुपमा ७ रन जोड्यो ।

कोलकतालाई अलआउट गर्न मुम्बईका लागि जसप्रित बुमराह र नुवन थुशाराले समान ३–३ विकेट लिँदा हार्दिक पाण्डेयाले २ तथा पियुष चावलाले १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.