Phil Salt of Kolkata Knight Riders during match 36 of the Indian Premier League season 17 (IPL 2024) between Kolkata Knight Riders and Royal Challengers Bangalore held at the Eden gardens Stadium, Kolkata on the 21st April 2024. Photo by Ron Gaunt / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा कोलकता नाइट राइडर्सले रोमाञ्चक जित हासिल गरेको छ ।

आईतवार भएको आईपिएलअन्तर्गत पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुमाथि कोलकता नाइट राइडर्सले रोमाञ्चक १ रनको जित हासिल गरेको हो ।

प्रतिस्पर्धात्मक जितसंगै कोलकताले ७ खेलबाट १० अंक जोड्दै लिग तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित बेङ्गलुरुको ८ खेलबाट २ अंकसहित तालिकाको १० औं स्थान अर्थात् पुच्छारमा रहेको छ ।

कोलकताको घरेलु मैदान इडेन गार्डेन्स रंगशालामा भएको खेलमा २२३ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको बेङ्गलुरुले निर्धारित २० ओभरको खेलमा अन्तिम बलमा अलआउट हुँदा मात्र २२१ रनमा समेतियो ।

जितका लागि अन्तिम बलमा ३ रन र सुपर ओभरमा जान २ रन आवश्यक अवस्थामा लोकी फर्गुसन दोस्रो रन लिनेक्रममा रनआउट हुँदा घरेलु टोलीले खेल १ रनले जित्यो ।

बेङ्गलुरुका लागि विल ज्याक्सले ३२ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दा रजत पातिदारले २३ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।

त्यस्तै, विकेटकिपर दिनेश कार्तिकले १८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोडेर आउट हुँदा इम्प्याक्ट प्लेयरका रुपमा मैदान आएका सुयश प्रभुदेसाईले १८ बल खेल्दै ३ चौका प्रहार गरेर २४ रन जोडेर पेविलियन फर्किए ।

यता, कर्ण शर्माले ७ बलमा ३ छक्का प्रहार गर्दै २० रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान विराट कोहली ७ बलमा १ चौका र २ छक्का प्रहार गर्दै १८ रन जोडेर पेविलियन फर्किए ।

कप्तान फाफ दु प्लेसिस ७, क्यामरन ग्रिन ६, माहिपाल लाम्रोर ४ र लोकी फर्गुसन १ रनमा पेविलियन फर्किदा मोहम्मद सिराज शुन्य रनमा अविजित रहे ।

बेङ्गलुरुले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

कोलकताका लागि एन्ड्रे रस्सेलले ३ ओभर बलिङ गर्दै २५ रन दिएर ३ विकेट लिँदा सुनिल नारिनेले ४ ओभर बलिङ गर्दै ३४ रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, हर्षित राणाले ४ ओभर बलिङ गर्दै ३३ दिएर २ विकेट लिँदा मिट्चेल स्टार्क र वरुण चक्रवर्तीले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२२ रन जोड्यो ।

कोलकताका लागि कप्तान श्रेयस ऐयरले ३६ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५० रनको अर्धशतक बनाउँदा ओपनर ब्याट्सम्यान तथा विकेटकिपर फिल साल्टले १४ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गर्दै ४८ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, एन्ड्रे रस्सेलले २० बलमा ४ चौका प्रहार गर्दै २७ रन जोडेर अविजित रहँदा रामदिप सिंहले ९ बल खेल्नेक्रममा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन जोडेर अविजित रहे ।

यता, रिंकु सिंहले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा भेनकतेश ऐयरले ८ बल खेल्दै ३ चौका प्रहार गरेर १६ रन जोडेर पेविलियन फर्किए ।

अर्का ओपनर सुनिल नारिनेले १५ बलमा २ चौका प्रहार गर्दै १० रन जोडेर आउट हुँदा अंगक्रिश रघुबंशीले ३ रन जोडेर पेविलियन फर्किए ।

कोलकताले अतिरिक्त रुपमा २० रन जोड्यो ।

बेङ्गलोरका लागि क्यामरन ग्रिनले ४ ओभर बलिङ गर्दै ३५ रन दिएर २ विकेट लिँदा यश डयालले ४ ओभर बलिङ गर्नेक्रममा ५६ रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, मोहम्मद सिराजले ४ ओभर बलिङ गर्दै ४० रन दिएर १ विकेट लिँदा लोकी फर्गुसनले ४७ रन खर्चिएर १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.