
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा लखनउ सुपर जायन्सले पञ्जाब किंग्समाथि जित निकालेको छ ।
सनिवार राति भएको आईपिएल खेलमा लखनउ सुपर जायन्सले पञ्जाब किंग्समाथि २१ रनको जित निकालेको हो ।
महत्वपूर्ण जितसंगै लखनउले २ खेलबाट २ अंक जोड्दै लिग तालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।
पराजित पञ्जाबको ३ खेलमा २ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ ।
लखनउको घरेलु मैदान एकाना स्पोट्स सिटी रंगशालामा भएको खेलमा २०० रनको विशाल विजयी लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७८ रनमा समेतियो ।
पञ्जाबका लागि कप्तान शिखर धवनले ५० बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ७० रनको अर्धशतकिय पारी खेल्दा ओपनर जोनी बाइस्ट्रोले २९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, लैम लिभिङस्टोनले १७ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडेर अविजित रहँदा इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका प्रभसिमरन सिंहले ७ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किए ।
यता, शशांक सिंह ९ रनमा अविजित रहँदा विकेटकिपर जितेश शर्मा ६ र साम करन शुन्य रनमा पेविलियन फर्किए ।
पञ्जाबले अतिरिक्त रुपमा ४ रन जोड्यो ।
भ्रमणकारी टोलीलाई पराजित गर्न लखनउका लागि मयङ्क यादवले ३ विकेट लिँदा मोहसिन खानले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १९९ रन जोड्यो ।
लखनउका लागि ओपनर ब्याट्सम्यान तथा विकेटकिपर क्विन्टन डि ककले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेल्दा कुर्नाल पाडेयाले २२ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोडेर अविजित रहे ।
त्यस्तै, कप्तान निकोलास पुरनले २१ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन जोड्दै आउट हुँदा माकुर्स स्टोइनिसले १२ बलमा २ छक्का प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किए ।
यता, अर्का ओपनर केएल राहुलले ९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा देवदुत पदिखेल ९, आयुष बादोनी ८ र मोहसिन खान २ रनमा पेविलियन फर्किए ।
अन्य दुई ब्याटरले अंकको खाता नै खोल्न सकेनन् ।
लखनउले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
पञ्जाबका लागि साम करनले ३ विकेट लिँदा अर्शदिप सिंहले २, कागिसो राबाडा र राहुल चाहारले समान १–१ विकेट लिए ।