एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा पञ्जाब किंग्समाथि चेन्नेई सुपर किंग्सले जित हासिल गरेको छ ।
आईतवार भएको पहिलो आईपिएल खेलमा पञ्जाब किंग्समाथि साविक विजेता चेन्नेई सुपर किंग्सले २८ रनको जित हासिल गरेको हो ।
लो स्कोरिङ खेललाई रोमाञ्चक रुपमा डिफेन्ड गर्दै महत्वपूर्ण जित हासिल गरेको चेन्नेईले ११ खेलमा १२ अंक जोड्दै सुपर ४ मा प्रवेश गर्ने सम्भावना कायम रहेको छ ।
यता, पराजित पञ्जाबले समान ११ खेलमा ८ अंक जोड्दै लिग तालिकाको ८ औं स्थानमा रहेको छ ।
भारतको हिमाञ्चल प्रदेश रंगशालामा भएको खेलमा १६८ रनको विजयी लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै मात्र १३९ रन जोड्न सक्यो ।
पञ्जाबका लागि प्रभसिमरन सिंहले २३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३० रन जोड्दा शशांक सिंहले २० बल खेल्दै ४ चौका प्रहार गरेर २७ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, हरप्रित बरारले १३ बलमा २ चौका प्रहार गर्दै १७ रन जोडेर अविजित रहँदा राहुल चाहर भने १० बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किए ।
यता, हर्षल पटेलले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा कागिसो रबाडाले १० बलमा १ छक्का प्रहार गर्दै ११ रन जोडेर अविजित रहे ।
अर्का ओपनर जोनी बेइस्ट्रो र कप्तान साम करन समान ७–७, आशुतोष शर्मा ३ रनमा आउट हुँदा रिले रुसो र विकेटकिपर जितेश शर्मा शुन्य रनमा पेविलियन फर्किए ।
पञ्जाबले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
पञ्जाबलाई सस्तैमा समेत्दै महत्वपूर्ण जित निकाल्न चेन्नेईका लागि रविन्द्र जडेजाले ४ ओभर बलिङ गर्दै २० रन दिएर ३ विकेट लिँदा तुषार देशपाण्डेले ४ ओभरमा ३५ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका सिमरनजित सिंहले ३ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट लिँदा मिट्चेल सान्टेनर र सार्दुल ठाकुरले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको चेन्नेई सुपर किंग्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १६७ रन जोड्यो ।
चेन्नेईका लागि रविन्द्र जडेजाले २६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोड्दा कप्तान तथा ओपनर ब्याट्सम्यान रुतुराज गाइकवादले २१ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गर्दै ३२ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, डर्याल मिट्चेलले १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोड्दै आउट हुँदा मोइन अलीले २० बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १७ रन जोडेर पेविलियन फर्किए ।
यता, शार्दुल ठाकुरले ११ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर आउट हुँदा मिट्चेल स्यान्टिनरले ११ बल खेल्नेक्रममा १ चौका मद्दतमा ११ रन जोडेर पेविलयिन फर्किए ।
अर्का ओपनर अजिन्का रहाने ९ रनमा पेविलियन फर्किदा रिर्चाड ग्लिसन २ रनमा अविजित रहे ।
चेन्नेईका अन्य तीन खेलाडीले रनको खाता नै खोल्न सकेनन् ।
चेन्नेईले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
राहुल चाहरले ४ ओभर बलिङ गर्दै २३ रन दिएर ३ विकेट लिँदा हर्षल पटेलले ४ ओभर बलिङ गर्नेक्रममा २४ रन दिएर ३ विकेट लिए ।
त्यस्तै, अर्शदिप सिंहले ४ ओभरमा ४२ रन खर्चिएर २ विकेट लिँदा साम करनले ४ ओभरमा ३४ रन दिएर १ विकेट लिए ।