Yuzvendra Chahal of Rajasthan Royals celebrates the wicket of Rishabh Pant (C) of Delhi Capitals with players during match 9 of the Indian Premier League season 17 (IPL 2024) between Rajasthan Royals and Delhi Capitals held at the Sawai Mansingh Stadium, Jaipur on the 28th March 2024. Photo by Arjun Singh / Sportzpics for IPL

एजेन्सी । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा दिल्ली क्यापिटल्समाथि जित हासिल गरेको छ ।

विहिवार राति भएको आईपिएल खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि १२ रनको जित हासिल गरेको हो ।

जितसंगै राजस्थानले २ खेलबाट ४ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित दिल्लीले भने अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन ।

राजस्थानको जयपुरस्थित सवाई मानसिंह रंगशालामा भएको खेलमा १८६ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको दिल्ली निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै मात्र १७३ रनमा समेतियो ।

दिल्लीका लागि ओपनर ब्याट्सम्यान डेभिड वार्नरले ३४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४९ रन जोड्दा ट्रिस्टान स्टुब्सले २३ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गर्दै ४४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, कप्तान तथा विकेटकिपर रिसब पन्तले २६ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै २८ रन जोडेर पेविलियन फर्किदा अर्का ओपनर मिटचेल मार्सले १२ बलमा ५ चौका प्रहार गर्दै २३ रन जोड्दै आउट भए ।

यता, अक्षर पटेलले १३ बलमा १ चौका मद्दतमा १५ रन जोडेर अविजित रहँदा इम्प्याक्ट प्लेयरका रुपमा मैदान आएका अभिषेक पोरेलले १० बलमा ९ रन जोडेदै पेविलियन फर्किए ।

रिकी भुइ भने शुन्य रनमा पेविलियन फर्किए ।

दिल्लीले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

दिल्लीमाथि जित निकाल्न राजस्थानका लागि इम्प्याक्ट प्लेयर नान्द्रे बुर्गर र युजभेन्द्र चाहलले समान २–२ विकेट लिँदा आभेष खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १८५ रन जोड्यो ।

राजस्थानका लागि रियान परागले ४५ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ८४ रन जोड्दै अविजित रहँदा रविचन्द्रन आश्विनले १९ बल खेल्दै ३ चौका प्रहार गरेर २९ रन जोड्यो ।

त्यस्तै, ध्रुव जुरेलले १२ बलमा ३ चौका प्रहार गर्दै २० रन जोडेर आउट हुँदा कप्तान तथा विकेटकिपर सन्जु सामसनले १४ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै १५ रन जोडेर पेविलियन फर्किए ।

यता, शिमरन हेटमायरले ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १४ रन जोडेर अविजित रहँदा ओपनर ब्याट्सम्यान जोस बटलरले १६ बलको सामाना गर्दा ११ रन जोडेर पेविलियन फर्किए ।

अर्का ओपनर यशस्वी जैसवाल भने ५ रनमा पेविलियन फर्किए ।

राजस्थानले अतिरिक्त रुपमा ७ रन जोड्यो ।

दिल्लीका लागि खलिल अहमद, मुकेश कुमार, एनरिच नोर्टजे, अक्षर पटेल र कुलदिप यादवले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.