Mumbai Indians win during match 29 of the Indian Premier League season 18 (IPL 2025) between Delhi Capitals and Mumbai Indians held at the Arun Jaitley Stadium, Delhi on the 13th April 2025 Photo by Deepak Malik / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी १८ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) मा मुम्बई इन्डियन्सले जित रचेको छ ।

आईतवार राति भएको खेलमा पाँचपल्टको विजेता मुम्बई इन्डियन्सले जारी सिजन लयमा रहेको दिल्ली क्यापिटल्समाथि १२ रनको जित रचेको हो ।

महत्वपूर्ण जितसंगै मुम्बईले ६ खेलबाट २ मा जित र ४ मा हारको नतिजसहित ४ अंक जोडेर लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

सिजनमा पहिलो हारको सामना गरेको दिल्लीको ५ खेलबाट ८ अंकसहित तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली रंगशालामा भएको खेलमा २०६ रनको विजयी लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा अलआउट हुन पुग्दामात्र १९३ रनमा समेतियो ।

दिल्लीका लागि इम्प्याक्ट प्लेयरका रुपमा मैदान आएका करुण नाइरले ४० बलमा १२ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ८९ रन जोड्दा ओपनर ब्याट्सम्यान अभिषेक पोरेलले २५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३३ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, विकेटकिपर केएल राहुलले १३ बलमा १ चौका प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा आशुतोष शर्माले १४ बल खेल्दै २ चौका प्रहार गरेर १७ रन जोडेर पेविलियन फर्किए ।

यता, भिपराज निगमले ८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १४ रन बनाएर आउट हुँदा कप्तान अक्षर पटेल ९ रनमा पेविलियन फर्किए ।

मिट्चेल स्टार्क ट्रिस्टन स्टुब्स, कुलदिप यादव समान १–१ रन तथा अर्का ओपनर ज्याक फ्रेसर म्याकग्रुक र मोहित शर्मा रनको खाता नै नखोली पेविलियन फर्किए ।

दिल्लीले अतिरिक्त रुपमा १३ रन जोड्यो ।

दिल्लीलाई अलआउट गर्न मुम्बईका लागि कर्ण शर्माले ३ विकेट लिँदा मिट्चेल सान्टेनरले २ तथा जसप्रित बुमराह र दिपक चारले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २०५ रन जोड्यो ।

मुम्बईका लागि तिलक बर्माले ३३ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५९ रनको अर्धशतकिय पारी खेल्दा सुर्यकुमार यादवले २८ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरेर ४० रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान तथा विकेटकिपर रायन रिकेल्टनले २५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४१ रन जोडेर आउट हुँदा नमन धिरले १७ बल खेल्नेक्रममा ३ चौका र २ छक्का प्रहार गर्दै ३८ रन जोडेर अविजित रहे ।

यता, अर्का ओपनर रोहित शर्माले १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा कप्तान हार्दिक पाण्डेया २ रनमा पेविलियन फर्किए ।

विल ज्याक्स भने १ रनमा अविजित रहे ।

मुम्बईले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

दिल्लीका लागि कप्तान अक्षर पटेल र कुलदिप यादवले समान २–२ विकेट लिँदा मुकेश कुमारले १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.