Yash Dayal and Virat Kohli of Royal Challengers Bangalore celebrate the wicket of Abhishek Porel of Delhi Capitals during match 62 of the Indian Premier League season 17 (IPL 2024) between Royal Challengers Bangalore and Delhi Capitals held at the M.Chinnaswamy Stadium, Bengaluru on the 12th May 2024. Photo by Deepak Malik / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा दिल्ली क्यापिटल्समाथि रोयल च्यालेन्जर्स बेङ्गलुरुले जित निकालेको छ ।

आईतवार राति भएको आईपिएलअन्तर्गत दोस्रो खेलमा दिल्ली क्यापिटल्समाथि रोयल च्यालेन्जर्स बेङ्गलुरुले ४७ रनको जित निकालेको हो ।

महत्वपूर्ण जितसंगै बेङ्गलुरुले १३ खेलबाट ६ मा जित र ७ मा हारको नतिजासहित १२ अंक जोड्दै लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

योसंगै बेङ्गलुरुले प्लेअफमा प्रवेश गर्ने सम्भावनालाई जिवितै राखेको छ ।

उता, पराजित दिल्लीको भने समान १३ खेलमा १२ नै अंकसहित तालिकाको छैटौं स्थानमा झरेको छ ।

दिल्ली नेट रन नेटका आधारमा छैटौं स्थानमा झरेको हो ।

बेङ्गलुरुको घरेलु मैदान एम. चिन्नस्वामी रंगशालामा भएको खेलमा १८८ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको दिल्ली १९.१ ओभरमा अलआउट हुँदा मात्र १४० रनमा समेतियो ।

दिल्लीका लागि अक्षर पटेलले ३९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५७ रनको अर्धशतकिय पारी खेल्दा साई होपले २३ बल खेल्दै ४ चौका प्रहार गरेर २९ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान ज्याक फ्रेसर म्याकग्रुकले ८ बल खेल्नेक्रममा २ चौका र २ छक्का प्रहार गर्दै २१ रन जोडेर आउट हुँदा रासिक सलामले १२ बलमा १ छक्का प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।

यता, कुलदिप यादव ६, ट्रिस्टान स्टुब्स र मुकेश कुमार समान ३–३, विकेटकिपर अभिषेक पोराल र कुमार कुशाग्रा २–२, अर्का ओपनर डेभिड वार्नर १ रनमा पेविलियन फर्किए ।

दिल्लीले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

दिल्लीलाई सस्तैमा अलआउट गर्दै महत्वपूर्ण जित निकाल्न बेङ्गलुरुका लागि यश डयालले ३ विकेट लिँदा लौकी फगुर्शनले २, क्यामरन ग्रिन, मोहम्मद सिराज र स्वप्निल सिंहले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिण्मा उत्रिएको बेङ्गलुरुले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १८७ रन जोड्यो ।

घरेलु टोलीका लागि रजत पातिदारले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेल्दा क्यामरन ग्रिनले २४ बल खेल्नेक्रममा १ चौका र २ छक्का प्रहर गर्दै ३२ रन जोडेर अविजित रहे ।

त्यस्तै, विल ज्याक्सले २९ बलमा३ चौका र २ छक्का प्रहार गर्दै ४१ रन जोडेर आउट हुँदा पुर्व कप्तान विराट कोहोलीले १३ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गर्दै २७ रन जोडेर पेविलियन फर्किए ।

यता, माहिपाल लोमरोरले ८ बलमा १ छक्का प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा कप्तान फाफ दु प्लेसिस र कर्ण शर्मा समान ६–६ रन जोडेर पेविलियन फर्किए ।

घरेलु टोलीका अन्य ३ खेलाडीले अंकको खाता नै खोल्न सकेन ।

बेङ्गलुरुले अतिरिक्त रुपमा १० रन जोड्यो ।

दिल्लीका लागि खलिल अहमेद र रासिक सलामले समान २–२ विकेट लिँदा इशान्त शर्मा, मुकेश कुमार र कुलदिप यादवले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.