Sam Curran of Punjab Kings raises his bat after scoring a fifty during match 2 of the Indian Premier League season 17 (IPL 2024) between Punjab Kings and Delhi Capitals held at the Maharaja Yadavindra Singh International Cricket Stadium, Mullanpur on the 23rd March 2024. Photo by Deepak Malik / Sportzpics for IPL

एजेन्सी । पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा दिल्ली क्यापिटल्समाथि जित निकालेको छ ।

सनिवार भएको खेलमा पञ्जाव किंग्सले दिल्ली क्यापिटल्समाथि ४ विकेटको सहज जित निकालेको हो ।

जितसंगै पञ्जावले तालिकामा २ अंक जोडेको छ ।

पञ्जावको घरेलु मैदान महाराजा यादविन्द्र सिंह क्रिकेट रंगशालामा भएको खेलमा १७५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउँदै १७७ रन जोड्यो ।

पञ्जावको जितमा साम करनले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ६३ रनको अर्धशतकिय पारी खेल्दा लैम लिभिङस्टोनले २१ बल खेल्नेक्रममा २ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन जोडेर अविजति रहे ।

त्यस्तै, इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका प्रभसिमरन सिंहले १७ बलमा ५ चौका प्रहार गर्दै २६ रन जोडेर आउट हुँदा कप्तान शिखर धवनले १६ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किए ।

यता, अर्का ओपनर जोनी बायरस्टो र विकेटकिपर जितेश शर्मा समान ९–९ रनमा आउट हुँदा शशांक सिंह शुन्य रनमा पेविलियन फर्किए ।

हरप्रित बरार २ रन जोड्दै अविजित रहे ।

पञ्जावले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

दिल्लीका लागि कुलदिप यादवले ४ ओभर बलिङ गर्नेक्रममा २० रन दिएर २ विकेट लिँदा खलिल अहमेदले ४ ओभर बलिङ गर्दै ४३ रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, इशान्त शर्माले २ ओभर बलिङ गर्दै १६ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १७४ रन जोड्यो ।

दिल्लीका लागि शाई होपले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३३ रन जोडेर पेविलियन फर्किदा इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका अभिषेक पारेलले १० बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ३२ रन जोडेर अविजित रहे ।

त्यस्तै, ओपानर ब्याट्सम्यान डेभिड वार्नरले २१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २९ रन जोडेर आउट हुँदा अक्षर पटेलले १३ बल खेल्नेक्रममा २ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडेर रनआउट भए ।

यता, अर्का ओपनर मिटचेल मार्शले १२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २० रन जोडेर आउट हुँदा कप्तान तथा विकेटकिपर रिशभ पन्तले १३ बल खेल्दै २ चौका प्रहार गरेर १८ रन जोड्दै पेविलियन फर्किए ।

ट्रिस्टन स्टुब्स ५, रिकी भुई ३, सुमित कुमार २ र कुलदिप यादव १ रनमा पेविलियन फर्किए ।

दिल्लीले अतिरिक्त रुपमा १० रन जोड्यो ।

पञ्जावका लागि अर्शदिप सिंहले ४ ओभर बलिङ गर्दै २८ रन दिएर २ विकेट लिँदा हर्शल पटेलले ४ ओभर बलिङ गर्दै ४७ रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, कागिसो राबदा, हरप्रित बरार र राहुल चाहरले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.