Mitchell Starc of Kolkata Knight Riders celebrates the wicket of David Warner of Delhi Capitals during match 16 of the Indian Premier League season 17 (IPL 2024) between Delhi Capitals and Kolkata Knight Riders held at the Dr YS Rajasekhara Reddy ACA-VDCA Cricket Stadium, Visakhapatnam on the 3rd April 2024. Photo by Ron Gaunt / Sportzpics for IPL

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा कोलकता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि फराकिलो जित हासिल गरेको छ ।

बुधवार राति भएको आईपिएल खेलमा कोलकता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि १०६ रनको फराकिलो जित हासिल गरेको हो ।

एकपक्षिय जितसंगै कोलकताले ३ खेलमा शतप्रतिशत जितसहित ६ अंक जोडेर लिग तालिकामा शीर्ष स्थान उक्लिएको छ ।

समान ३ खेलबाट ६ अंक नै जोडेको राजस्थान रोयल्स भने नेट रननेटका आधारमा तालिकाको दोस्रो स्थानमा झर्यो ।

यता, पराजित दिल्लीको भने ४ खेलबाट २ अंकसहित तालिकाको ९ औं स्थानमा झरेको छ ।

भारतको आन्द्र प्रदेशको बिसाखापटनमस्थित डा. वाई. एस. राजाशेखरा रेड्डी एसिए–भिडिसिए क्रिकेट रंगशालामा भएको खेलमा २७३ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको दिल्ली क्यापिटल्स १७.२ ओभरमा अलआउट हुँदा मात्र १६६ रनमा समेतियो ।

दिल्लीका लागि कप्तान तथा विकेटकिपर रिशब पन्तले २५ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दा ट्रिस्टन स्टुब्सले ३२ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरेर ५४ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, ओपनर ब्याट्सम्यान डेभिड वार्नरले १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा अर्का ओपनर पृथ्वी सले ७ बल खेल्दै २ चौका प्रहार गरेर १० रन जोड्दै पेविलियन फर्किए ।

सुमित कुमार ७, एनरिच नोर्ट्जे ४ र रसिक खान १ रनमा पेविलियन फर्किदा इशान्त शर्मा १ रनमा अविजित रहे ।

दिल्लीका ३ ब्याटरले अंकको खाता नै खोल्न सकेनन् ।

दिल्लीले अतिरिक्त रुपमा १६ रन जोड्यो ।

दिल्लीलाई अलआउट गर्दै जित निकाल्न कोलकताका लागि इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका बैभव अरोराले ४ ओभर बलिङ गर्दै २७ रन दिएर ३ विकेट लिँदा वरुण चक्रवर्तीले पनि ४ ओभर बलिङ गर्दै ३३ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, मिट्चेल स्टार्कले ३ ओभर बलिङ गर्दै २५ रन दिएर २ विकेट लिँदा एन्ड्रे रस्सेल र सुनिल नारिनेले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २७२ रनको विशाल योगफल तयार गर्यो ।

कोलकताका लागि ओपनर ब्याट्सम्यान सुनिल नारिनेले ३९ बलमा ७ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक ८५ रनको अर्धशतकिय पारी खेल्दा अङ्गकृश रघुबंशीले २७ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, एन्ड्रे रस्सेलले १९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन जोड्दै आउट हुँदा रिङ्कु सिंहले ८ बलमा विष्पोटक ब्याटिङ गर्दै १ चौका र ३ छक्का प्रहार गरेर २६ रन जोड्दै पेविलियन फर्किए ।

यता, कप्तान श्रेयश ऐयरले ११ बलमा २ छक्का प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा अर्का ओपनर तथा विकेटकिपर फिल साल्टले १२ बल खेल्दै ४ चौका प्रहार गरेर १८ रन जोडेर पेविलियन फर्किए ।

भिनकतेस ऐयर ५ र मिट्चेल स्टार्क १ रनमा अविजित रहँदा रमनदिप सिंह २ रनमा आउट भए ।

कोलकताले अतिरिक्त रुपमा २२ रन जोड्यो ।

दिल्लीका लागि एनरिच नोर्ट्जेले ४ ओभर बलिङ गर्दै ५९ रन खर्चिएर ३ विकेट लिँदा इशान्त शर्माले ३ ओभर बलिङ गर्दै ४३ रन दिएर २ विकेट लिए ।

त्यस्तै, मिट्चेल मार्श र खलिल अहमेदले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.