Gujarat Titans players celebrates the wicket of Naman Dhir of Mumbai Indians during match 5 of the Indian Premier League season 17 (IPL 2024) between Gujarat Titans and Mumbai Indians held at the Narendra Modi Stadium , Ahmedabad on the 24th March 2024. Photo by Vipin Pawar / Sportzpics for IPL

एजेन्सी । मुम्बई इन्डियन्स भारतिय शीर्ष फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत पहिलो खेलमा गुजरात टाइटन्ससंग पराजित भएको छ ।

आईतवार राति भएको आईपिएल खेलमा पाँचपटकका विजेता मुम्बई इन्डियन्स साविक उपविजेता गुजरात टाइटन्ससंग ६ रनले पराजित भएको हो ।

जितसंगै गुजरातले अंक तालिकामा महत्वपूर्ण २ अंक जोड्न सफल भयो ।

भारतको नरेन्द्र मोदी रंगशालामा भएको रोमाञ्चक खेलमा १६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै मात्र १६२ रनमा समेतियो ।

मुम्बईका लागि इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका डेवाल्ड ब्रेभिसले ३८ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन जोड्दा पुर्वकप्तान रोहित शर्माले २९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४३ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, तिलक बर्माले १९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोडेर आउट हुँदा नमन धिरले १० बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेर २० रन जोड्दै पेविलियन फर्किए ।

यता, कप्तान हार्दिक पाण्डेयाले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन जोडेर आउट हुँदा टिम डेभिडले १० बल खेल्दै १ छक्का प्रहार गरेर ११ रन जोड्दै पेविलियन फर्किए ।

जसप्रित बुमराह र शाम्स मुलानी समान १–१ रनमा अविजित रहँदा जेरार्ड कोएट्जी १ रनमा आउट भए ।

विकेटकिपर इशान किसन र पियुष चावला शुन्य रनमा पेविलियन फर्किए ।

मुम्बईले अतिरिक्त रुपमा ३ रन जोड्यो ।

मुम्बईमाथि रोमाञ्चक जित हासिल गर्न गुजरातका लागि अज्मतुल्लाह ओमारजाई, उमेश यादव, स्पेन्सर जोन्सन र मोहित शर्माले समान २–२ विकेट लिँदा रविश्रीनिवासन साई किशोरेले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको गुजरात टाइटन्सले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १६८ रन जोड्यो ।

गुजरातका लागि साई सुदर्शनले ३९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४५ रन जोड्दा कप्तान सुबमन गिलले २२ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेर ३१ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, विकेटकिपर व्रिद्दिमन साहाले १५ बलमा ४ चौका प्रहार गर्दै १९ रन जोडेर आउट हुँदा अज्मतुल्लाह ओमरजाईले ११ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर पेविलियन फर्किए ।

यता, डेभिड मिल्लरले ११ बलमा १ चौका प्रहार गर्दै १२ रन जोडेर पेविलियन फर्किदा राहुल टेवातियाले १५ बलको सामना गर्दा २ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किए ।

विजय शंकर ६ र राशिद खान ४ रनमा अविजित रहे ।

गुजरातले अतिरिक्त रुपमा १२ रन जोड्यो ।

मुम्बईका लागि जसप्रित बुमराहले ३, जेरार्ड कोएट्जेले २ र पियुष चावलाले १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.