Virat Kohli of Royal Challengers Bangalore and Faf Du Plessis (c) of Royal Challengers Bangalore during match 52 of the Indian Premier League season 17 (IPL 2024) between Royal Challengers Bangalore and Gujarat Titans held at the M.Chinnaswamy Stadium, Bengaluru on the 4th May 2024. Photo by Prathiksha MK / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा गुजरात टाइटन्समाथि रोयल च्यालेन्जर्स बेङ्गलुरुले सहज जित निकालेको छ ।

सनिवार राति भएको आईपिएल खेलमा गुजरात टाइटन्समाथि रोयल च्यालेन्जर्स बेङ्गलुरुले ४ विकेटको सहज जित हासिल गरेको हो ।

महत्वपूर्ण जितसंगै बेङ्गलुरुले ११ खेलबाट ८ अंक जोड्दै लिग तालिकामा सातौं स्थानमा उक्लिएको छ ।

गुजरात र पञ्जाब किंग्सको पनि समान अंक भएपनि नेट रननेटका आधारमा बेङ्गलुरु सातौं स्थानमा उक्लिएको हो ।

योसंगै बेङ्गलुरुले सुपर चारमा प्रवेश गर्ने सम्भावनालाई पनि जिवितै राखेको छ ।

पराजित गुजरातको भने ११ खेलमा ८ अंकसहित तालिकाको ९ औं स्थानमा झरेको छ ।

बेङ्गलुरुको घरेलु मैदान एम. चिन्नस्वामी रंगशालामा भएको खेलमा १४८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको घरेलु टोलीले १३.४ ओभरमा ६ विकेट गुमाउँदै १५२ रन जोड्यो ।

बेङ्गलुरुको जितमा ओपनर ब्याट्सम्यान तथा विकेटकिपर फाफ दु प्लेसिसले २३ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रनको अर्धशतकिय पारी खेल्दा अर्का ओपनर विराट कोहोलीले २७ बल खेल्नेक्रममा २ चौका र ४ छक्का प्रहार गर्दै ४२ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, विकेटकिपर दिनेश कार्तिकले १२ बलमा ३ चौका प्रहार गर्दै २१ रन जोडेर अविजित रहँदा स्वप्निल सिंहले ९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोडेर अविजित रहे ।

यता, ग्लिन म्याक्सवेल ४, रजत पातिदार २, विल ज्याक्स र क्यामरन ग्रिनले १–१ रन जोड्दै पेविलियन फर्किए ।

बेङ्गलुरुले अतिरिक्त रुपमा २ रन जोड्यो ।

गुजरातका लागि जोशुआ लिटलले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चिएर ४ विकेट लिँदा नुर अहमदले ४ ओभर बलिङ गर्दै २३ रन दिँदै २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको गुजरातले १९.३ ओभरमा अलआउट हुँदै १४७ रन जोड्यो ।

गुजरातका लागि शाहरुख खानले २४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३७ रन जोडेर रनआउट हुँदा राहुल तेवातियाले २१ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै ३५ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, डेभिड मिलरले २० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३० रन जोडेर आउट हुँदा राशिद खानले १४ बल खेल्नेक्रममा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर पेविलियन फर्किए ।

यता, इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका विजय शंकरले ७ बलमा २ चौका प्रहार गर्दै १० रन जोडेर आउट हुँदा साई सुदर्शन ६, कप्तान सुभमन गि २, विकेटकिपर वृदिमन साहा र मानव सुथर समान १–१ रनमा पेविलियन फर्किए ।

मोहित शर्मा शुन्य रनमा पेविलियन फर्किदा नुर अहमद भने शुन्य रनमा अविजित रहे ।

गुजरातले अतिरिक्त रुपमा ७ रन जोड्यो ।

गुजरातलाई सस्तैमा अलआउट गर्न बेङ्गलुरुका लागि मोहम्मद सिराजले ४ ओभर बलिङ गर्दै २९ रन खचिृएर २ विकेट लिँदा यश डयालले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए ।

त्यस्तै, भि.भि कुमारले ३.३ ओभर बलिङ गर्दै २३ रन दिएर २ विकेट लिँदा क्यामरन ग्रिन र कर्ण शर्माले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.