Rasikh Dar of Delhi Capitals celebrates the wicket of Sai Sudharsan of Gujarat Titans with players during match 40 of the Indian Premier League season 17 (IPL 2024) between Delhi Capitals and Gujarat Titans held at the Arun Jaitley Stadium, Delhi on the 24th April 2024. Photo by Arjun Singh / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले रोमाञ्चक जित हासिल गरेको छ ।

बुधवार राति भएको आईपिएल खेलमा गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले ४ रनको रोमाञ्चक जित हासिल गरेको हो ।

महत्वपूर्ण जितसंगै दिल्लीले ९ खेलमा ८ अंक जोड्दै लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

पराजित गुजरातको समान ९ खेलमा ८ अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली रंगशालामा भएको खेलमा २२५ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङम उत्रिएको गुजरातले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै २२० रन मात्र जोड्न सक्यो ।

गुजरातका लागि इम्प्याक्ट प्लेयरका रुपमा मैदान आएका साइ सुदर्शनले ३९ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ६५ रनको अर्धशतकिय पारी खेल्दा डेभिड मिलरले २३ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान तथा विकेटकिपर व्द्दिमन साहाले २५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडेर आउट हुँदा राशिद खानले ११ बल खेल्नेक्रममा ३ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडेर अविजित रहे ।

यता, रविश्रीनिवासन साइ किशोरले ६ बलम २ छक्का प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा शाहरुख खान ८, कप्तान सुभमन गिल ६, राहुल तेवातिया ४ र अज्मतुल्लाह ओमारजायी १ रनमा पेविलियन फर्किए ।

उता, मोहित शर्मा भने शुन्य रनमा अविजित रहे ।

गुजरातले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

दिल्लीको जितमा रासिख सलामले ३ विकेट लिँदा कुलदिप यादवले २ विकेट लिए ।

त्यस्तै, अक्षर पटेल, मुकेश कुमार र एनरिच नोर्ट्जेले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै २२४ रन जोड्यो ।

दिल्लीका लागि कप्तान तथा विकेटकिपर रिशभ पन्तले ४३ बलमा ५ चौका र ८ छक्का प्रहार गर्दै ८८ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा अक्षर पटेलले ४३ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।

त्यस्तै, ट्रिस्टान स्टुब्सले ७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २६ रन जोडेर अविजित रहँदा ओपनर ब्याट्सम्यान ज्याक फ्रासर म्याकगुर्कले १४ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै २३ रन जोडेर पेविलियन फर्किए ।

यता, अर्का ओपनर पृथ्वी सले ७ बलमा २ चौका प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किदा शाई होपले ५ रन जोडेर आउट भए ।

दिल्लीले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

गुजरातका लागि सन्दिप वारियरले ३ विकेट लिँदा नुर अहमदले १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.