Sunil Narine of Kolkata Knight Riders appealing for the wicket of Abdul Samad of Sunrisers Hyderabad during match 3 of the Indian Premier League season 17 (IPL 2024) between Kolkata Knight Riders and Sunrisers Hyderabad held at the Eden gardens Stadium, Kolkata on the 23rd March 2024. Photo by Saikat Das/ Sportzpics for IPL

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा कोलकता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

सनिवार राति भएको आईपिएलअन्तर्गत खेलमा कोलकता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि रोमाञ्चक ४ रनको जित हासिल गरेको हो ।

रोमाञ्चक जितसंगै कोलकताले अंक तालिकामा महत्वपूर्ण २ अंक जोडेको छ ।

कोलकताको घरेलु मैदान इडेन गार्डेन्स क्रिकेट रंगशालामा भएको खेलमा २०९ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २०४ रन जोड्न सक्यो ।

भ्रमणकारी टोली हैदराबादका लागि अन्तिम बलमा जितका लागि ५ रन आवश्यक रहेको अवस्थामा १ रनमात्र जोड्दा ४ रनले पराजय बेहोर्न पुग्यो ।

हैदराबादका लागि विकेटकिपर हेनरिच क्लासेनले २९ बलमा ८ छक्का प्रहार गर्दै ६३ रनको उत्कृष्ट अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान मयङ्क अग्रवालले २१ बल खेल्नेक्रममा ४ चौका र १ छक्का प्रहार गर्दै ३२ रन जोडेर पेविलियन फर्कियो ।

त्यस्तै, इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका अर्का ओपनर अभिषेक शर्माले १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३२ रन जोडेर पेविलियन फर्किदा राहुल त्रिपाठीले २० बल खेल्नेक्रममा १ छक्का मद्दतमा २० रन नै जोडेर आउट भए ।

यता, अ‍ैदेन मार्करामले १३ बलमा २ चौका प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा शाहबाज अहमेदले ५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किए ।

अब्दुल सामदले ११ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा मार्को जन्सेन १ र कप्तान प्याट कमिन्स शुन्य रनमा अविजित रहे ।

हैदराबादले अतिरिक्त रुपमा ७ रन जोड्यो ।

प्रतिस्पर्धात्मक खेलमा हैदराबादमाथि रोमाञ्चक जित निकाल्न कोलकताका लागि हर्षित राणाले ४ ओभर बलिङ गर्नेक्रममा ३३ रन दिएर ३ विकेट लिँदा एन्ड्रे रसेलले २ ओभर बलिङ गर्दै २५ रन दिएर २ विकेट लिए ।

त्यस्तै, वरुण चक्रवर्ती र सुनिल नारिनेले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको कोलकता नाइट राइडर्सले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २०८ रन जोड्यो ।

कोलकताका लागि एन्ड्रे रसेलले विष्पोटक पारी खेल्नेक्रममा २५ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ६४ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा विकेटकिपर फिल साल्टले ४० बल खेल्नेक्रममा ३ चौका र ३ छक्का प्रहार गरेर ५४ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।

त्यस्तै, रमनदिप सिंहले १७ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३५ रन जोडेर पेविलियन फर्किदा रिंकु सिंहले १५ बदमा ३ चौका प्रहार गर्दै २३ रन जोडेर आउट भए ।

यता, नितिश राण ९, भेनकटेस ऐयर ७, सुनिल नारिने २ रनमा पेविलियन फर्किदा मिट्चेल स्टार्क ६ रनमा अविजित रहे ।

कप्तान श्रेयर ऐयरले भने अंकको खाता नै खोल्न सकेन ।

कोलकताले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

हैदराबादका लागि थङगारासु नतराजनले ४ ओभर बलिङ गर्दै ३२ रन दिएर ३ विकेट लिँदा मयङ्क मार्कान्डेले ४ ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, कप्तान प्याट कमिन्सले ४ ओभर बलिण् गर्दै ३२ रन दिएर १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.